२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकका सञ्चारकर्मी पुरस्कृत हुने

२०७५, १८ मंसिर मंगलवार १०:०९

मङ्सिर १८, मेलम्ची | लामो समयदेखि पत्रकारिता क्षेत्रमा समर्पित मोफसलका छ सञ्चारकर्मीलाई नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाले पुरस्कृत गर्ने भएको छ । 

महासङ्घको २६औँ साधारणसभाको अवसरमा यही मङ्सिर २४ आयोजना गरिने कार्यक्रममा महासङ्घ सिन्धुपाल्चोकका पूर्वसभापति ऋषिराम पौड्याललाई ‘सिन्धु पत्रकारिता सम्मान २०७५’ प्रदान गरिने जनाएको हो । महासङ्घका सचिव दिनेश थापाका अनुसार ‘कञ्चन ज्ञानेन्द्र स्मृति पुरस्कार’ अन्नपूर्ण पोष्ट दैनिकका जिल्ला संवाददाता एवं पूर्वसभापति युवराज पुरीलाई, ‘जुगल नवोदित पत्रकारिता पुरस्कार’ सिन्धु प्रवाह साप्ताहिकका नानीराम नेपाललाई, ‘स्व दुर्गाप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ नयाँ पत्रिका दैनिकका जिल्ला संवाददाता रामकृष्ण थापालाई, ‘स्व रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कार’ प्रमोद न्यौपानेलाई र ‘स्व पवित्रा घिमिरे स्मृति पत्रकारिता पुरस्कार’ रेडियोकर्मी चन्द्रकला खत्रीलाई प्रदान गरिने भएको छ । महासङ्घको आज बसेको बैठकले उक्त निर्णय गरेको थियो । 

बैठकले महासङ्घ आबद्ध नवीकरण नगरेका सदस्यको सदस्यता खारेज गर्ने र नेपाल पत्रकार महासङ्घ ३ नम्बर प्रदेशस्तरीय कार्य समितिको बैठक सिन्धुपाल्चोकमा राख्न आमन्त्रण गर्ने पनि निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक