२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्तरिय सेवाका लागि यातायात व्यवसायीहरु प्रतिवद्ध

२०७२, २८ मंसिर सोमबार ०२:०८

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । दाङका यातायात व्यवसायीहरुले स्तरीय सेवा दिने बताएका छन् ।

उनीहरुले हाल यातायात क्षेत्रमा देखिएका समस्याहरुलाई निराकण गदै आगामिदिनमा स्तरीय तथा यात्रुहरुको माग वमोजिम सेवा दिने बताएका हुन ।

राप्ती समिति, राप्ती अम्विकेश्वरी तथा तुलसीपुर जिप तथा माईक्रो मिनि वस समितिले यात्रुवर्गहरुको मागलाई मध्यनजर गदै सुविधा सम्पन्न तथा सवैको पहुँच पुग्नेगरि यातायात सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।

समितीले आईतबार तुलसीपुरमा पत्रकार समेलनगरी उनीहरुले समयको माग र यात्रुहरुको माग वमोजिम ए.सी, डिलक्सलगायतका सेवाहरु छिटोभन्दा छिटो सञ्चालन गर्ने बताउनु भयो ।

‘‘आम यात्रुहरुको सुविधालाई मध्यनगरगदै स्थानीय रुटमा गाडिहरु थप गरेका छौं, समय सापेक्षिक यातायात सेवाको स्तर वृद्धि गर्ने उदेश्यले दाङ देखी काठमाडौं सम्मको लागि डिलक्स गाडी संचालन गरेका छौं – राप्ती समितिका अध्यक्ष शुरेस हमालले भन्नु भयो ।

’उहाँले भोली देखिनै डिलक्स गाडिहरुलाई पहीलो प्रथामिकतामा राखेर यातायात सञ्चालन गर्ने बताउनु भयो । साथै अव पुसको १५ गते भित्रमा ६ वटा एसी बस सेवा समेत संचालन गर्ने तयारीमा छौं – हमालले भन्नु भयो ।’ त्यसैगरी राप्ती अंचलका रुकुम, सल्यान, प्यूठान र रोल्पामा साना गाीडहरु संचालन गर्ने पनि बताएको छ ।

पत्रकार समेलनमा बोल्दै अम्विकेश्वरी यातायात व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर वस्नेतले यातायातका साधनहरुमा केही गल्ती कमीकम्जोरी भएका र त्यसलाई सुधार गदै स्तरीय सेवा आफुहरुले दिने बताउनु भयो । ‘हाम्रा यातायातका साधनहरुमा केही सुधार गनुपर्ने पक्षहरु होलान त्यसलाई सुधारदै स्तरीय सेवा दिने छौं – बस्नेतले भन्नु भयो ।

त्यसैगरी पत्रकार समेलनमा बोल्दै तुलसीपुर जिप व्यवासी समितिका अध्यक्ष यमकान्त भण्डारीले दाङमा रहेका ४ वटा यातायात व्यवसायी समितिहरुले दिईरहेको सेवालाई प्रभावकारी बनाउदै यात्रु तथा समयको मागअनुरुप सेवा दिने बताउनु भयो ।

‘हामीहरुपनि समय सापेक्षीक रुपान्तरण हुदै गएका छौं यहाँको यातायातलाई गुणस्तरीय र राम्रो बनाउने छौं –भण्डारीले भन्नु भयो ।’ त्यसैगरी राप्ती समिति लगायतका यहाँका समितिले सामाजीक दाइत्व पनि पुरा गदै आएको बताएको छ ।

‘हामीहरुले नाफा मुखि व्यवसाय सञ्चालन गरेका छैनौं विभीन्न समयमा भुकम्प पिडित, वाढी पडित तथा अन्य समाजीक संस्थाहरुमा सहयोग समेत गरेका छौं – राप्ती समितिका अध्यक्ष हमालले भन्नु भयो ।’ त्यसैगरी पत्रकार समेलनमा यहाँका व्यवासयीहरुलाई मारमा पार्नेगरि हुने कुनैपनि कृयाकलापहरु आफुहरुलाई मान्य नहुने बताएको छ ।

पछिल्लो सयममा आएर केहि सिमित व्यक्तिहरुको स्वार्थ सिद्धिका लागि अंचल वाहीरबाट सिमित गाडिहरु ल्याई प्रालि खोली संचालन गर्न लागेको खवरप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको समेत पत्रकार समेलनमा जानकारी गराएको थियो ।

विगत २०४१ सालमा पहीलो पटक राप्तीमा स्थापना भएको समिति र दाङमा अन्य समितिले यातायात सुचारु गरेको भन्दै सो समितिमा आवद्ध व्यवसायी विरुद्ध हुने कियाकलापका विरुद्ध आफुहरुले शसक्त रुपले लाग्ने बताएको छ ।

‘व्यवसायीहकहित र आमयात्रुहरुको सेवा सुविधालाई जोगाई राख्न जस्तो सुकै कमद चालन पनि नपर्ने कुरा जानकारी गराउदै यसमा हामीहरुले नैतिक, भौतिक तथा जस्तो सुकै मुल्य चुकाउन पनि समिति पछि पर्ने छैन् –हमालले भन्नु भयो ।

‘हामीहरु संग हाल ५ सय बढी व्यवसायीहरु छन् उनीहरुको व्यवसायलाई वाधा पुग्ने खाले अस्वस्थ प्रतिसप्रदा विरुद्ध लाग्ने छौं उहाँले भन्नु भयो ।’

त्यसैगरी नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका राप्ती अञ्चल समितिले पनि अंचल भित्रका १४ वटा समितिहरुले आफनो कुशल व्यवस्थापनका कारणले आम यात्रु तथा उपभोक्ता वर्गमा गुणस्तरीय सेवा प्रवाह भैरहेको जनाएको छ ।

अंचल संयोजक भरतनाथ योगीले केही सिमित व्यक्तिहरुको स्वार्थपूर्तिका लागि अंचल बाहिरबाट सिमित गाडीहरु ल्याई प्रालि खोली अंचल समिति राप्तीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । त्यसै गरी उनले अंचल भित्र रहेका सम्पूर्ण संघ समितिहरुलाई अतोत्साहीत नहुन आग्रह समेत गरेका छन् ।

‘अंचल भित्रको यातायात व्यवस्थापनमा खलवल पु¥याउनका लागी अंचल वाहिरबाट गाडि ल्याई संचालन गर्ने व्यवसायीहरुको सम्पूर्ण गाडीहरुमा पूर्ण रुपमा रोक लगाउने प्रतिवद्धता जाहेर गदै यस अंचल भित्र रहेका सम्पूर्ण संघ समितिहरुले आ–आफनो सेवा सुविधालाई निरन्तर जारी राख्न आग्रह गर्दछु उहाँले भन्नु भयो ।’

साथै कुनै प्रकारको कमि कम्जोरी रहे त्यसलाई समय सापेक्ष सुधार गर्न पनि आग्रह गर्दछु योगीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।’ राप्ती समितिका अध्यक्ष शुरेस हमालको अध्यक्षता भएको पत्रकार समेलनमा विषय वस्तु माथि प्रकाश कार्यालय प्रमुख डा. लोकराज पराजुलीले पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण प्रशासनिक सचिव नारायण न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा