२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गिद्ध रेष्टुरेन्ट व्यवस्थापनका लागि पञ्चबर्षीय योजना तयार

२८ मंसिर २०७२, सोमबार ०७:४८

सन्तोषकुमार गुप्ता, मंसिर २८, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत कालिका सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको पशुबृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रलाई अबको पाँच बर्ष भित्र व्यवस्थीत तथा सुविधा सम्पन्न बनाउन पञ्चबर्षिय गिद्ध व्यवस्थापन योजना तयार गरिएको छ ।

कालिका सामुदायिक वन उपभोक्ता समूह एवम् पशुबृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रको आयोजना एवम् नेपाल पंक्षी संरक्षण संघ काठमाडौँको सहयोगमा भएको गिद्ध व्यवस्थापन योजना तयार अभिमुखिकरण गोष्ठीले उक्त बञ्चबर्षिय योजना तयार पारेको हो । समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् नेपाल पंक्षी संरक्षण संघका कार्यक्रम अधिकृत कृष्ण भुसालको प्रमुख आतिथ्यमा भएको गोष्ठीले सुविधा सम्पन्न गिद्ध रेष्टुरेन्ट सहित गिद्ध आहार व्यवस्थापन, जनचेतना अभिबृद्धि, व्यवस्थीत बासस्थान व्यवस्थापन, आय स्रोत बृद्धि सहित पञ्च बर्षिय योजना तयार पारेको छ । जसका लागि झन्डै ५० लाख बराबरको खर्च लाग्ने गरी अनुमानित बजेट समेत तयार गरिएको छ ।

कार्यक्रम सम्पन्न गर्न ६० प्रतिशत विभिन्न संघ संस्थाहरुबाट आर्थिक सहयोग माग गर्ने र ४० प्रतिशत रकम आन्तरिक आम्दानी तथा चन्दा संकलनबाट बजेट व्यवस्थापन गरिने समूहका अध्यक्ष मियाँले जानकारी दिए । जस अनुसार छिमिकी संघसंस्थाहरुबाट ५ लाख ५५ हजार, घुम्तीकोषबाट ३ लाख, प्रकृतिको साथी तथा आजिवन सदस्य बाफत १० लाख, आहार खरिदबाट ५ लाख, अवलोकन भ्रमण शुल्क बाफत ५० हजार र स्थानिय घरदैलोबाट प्राप्त सहयोग १ लाख ५० हजार गरी कुल २५ लाख ५५ हजार बजेट संकलन गर्ने अध्यक्ष मियाँले भने ।

संघसंस्था अन्र्तगत नेपाल पंक्षी संरक्षण संघ काठमाडौँ, जिल्ला बन कार्यालय, नर्ती सामुदायिक बन समन्वय समिती, हरियो वन कार्यक्रम दाङ्ग, भु—संरक्षण कार्यालय दाङ्ग, ताल धनगढी लालमटिया गाविस, जिविस लगायत अन्य संघसंस्थाहरुबाट रकम माग गरिने मियाँको भनाई छ । आन्तरिक स्रोत अन्र्तगत अवलोकन भ्रमण शुल्क, प्रकृतिको साथी तथा आजिवन सदस्यता बाफत, उपभोक्ताहरुको जनश्रमदान तथा चन्दा संकलन र समूह तथा केनद्को आन्तरिक कोषबाट योजना सम्पन्न गरिने समूहले बताएको छ ।

त्यसैगरी गिद्धहरुको व्यवस्थीत बासस्थानका लागि सुविधा सम्पन्न गिद्ध रेष्टुरेन्ट मर्मत तथा पुर्नर निर्माण तर्फ १० लाख, जनचेतना अभिबृद्धि तर्फ ४ लाख, गिद्धको आहार व्यवस्थापन तर्फ ६ लाख र अन्य बासस्थानका लागि ५ लाख ५५ हजार खर्च लाग्ने गरी योजना तयार पारिएको समूहका सचिव भिमकान्त भुसालले जानकारी दिए । जनचेतना अभिबद्धि कार्यक्रम तर्फ विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम, अवलोकन भ्रमण, सुचना केन्द्र स्थापना, वईफसाईट निर्माण, पर्चा पम्पलेट वितरण, बालपेन्टिङ्ग, होडिङ्गबोर्ड निर्माण, बृक्षारोपण लगायतका कार्य गरिने योजना रहेको सचिव भुसालले बताए ।

त्यस्तै गिद्धको आहार व्यवस्थापन तर्फ बृद्धापशु बासस्थान निर्माण तथा मर्मत, खानेपानी व्यवस्थापन, डाले तथा भुई घाँस खेती, बाटो निर्माण तथा मर्मत, पराल खरिद तथा संकलन लगायतका कार्ययोजना रहेको भुसालले जानकारी दिए । त्यस्तै बास स्थान तर्फ सिमलको बिरुवा रोप्ने, ठुला रुख कटानी निन्यत्रण, गिद्धहरुको गुड अवलोकन निर्माण र दक्ष प्राविधिक व्यवस्थापन लगायतका कार्य गरिने योजना बताईएको सचिव भुसालले बताए ।

समूहकी कोषाध्यक्ष कल्पना आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको अभिमुखिकरण कार्यक्रममा गिद्धको आहार अनुसन्धानकर्ता हेमन्त ढकाल, वन क्याम्पस पोखराका विद्यार्थी सुमन घिमिरे, मनिष आचार्य, चिरञ्जीवी खनाल, समूहका सदस्य भक्तबहादुर थापा, समूहका सल्लाहकार तथा पूर्व अध्यक्ष गुरुप्रसाद ज्ञवाली, टेकबहादुर रावत, पत्रकार सन्तोषकुमार गुप्ता पशुबृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रका सदस्यहरु कोमानन्द न्यौपाने, रामचन्दै चौधरी र नारायण खनालले आ—आफ्नो धारणा राखेका थिए । गोष्ठीको सहर्जीकरण नेपाल पंक्षी संरक्षण संघका गिद्ध व्यवस्थापन योजना कार्यक्रम संयोजक भुवनेश्वर शर्मा र समूहका सचिव भिमकान्त भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ