२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

काँग्रेसलाई सरकारमा ल्याउने पहल भइरहेको छ: पोखरेल

२० चैत्र २०७२, शनिबार ०१:४५

ishwor
Pokhrelपूर्णप्रसाद न्यौपाने । चैत २०, ओखलढुंगा । नेकपा
(एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ संविधानको कार्यान्वयनका लागि प्रमुख दलहरुबीच सहमतिको खाँचो
औँल्याउनुभएको छ । नेकपा एमाले ईलाका नं. २ ओखलढुंगाको अधिवेशनलाई ठुलाछापको निशंखेमा सम्बोधन गर्दै
पोखरेलले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस प्रतिपक्षमा नभई सरकारमा आउनुपर्ने बताउनु भएको हो
। नेपाली काँग्रेसलाई पनि साथमा लिएर सहमतिको राष्ट्रिय सरकार निर्माणको पहल भइरहेको बताउँदै उहाँले
काँग्रेस सरकारमा नआए पनि विधिअनुसार नै वर्तमान सरकार चलिरहने बताउनुभयो ।

यसैविच अर्को एक फरक प्रशंगमा उहाँले आफ्नो जन्मभुमी ओखलढुंगाको विकासका लागि आफु सँधै
लागि रहने बताउनु भएको छ । आफु पार्टीको जिम्मेवारपदमा रहेकाले सबैठाँउको विकासमा ध्यान दिनुपर्ने भएपनि
ओखलढुंगाको विकासलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो । विहिबार नेकपा एमालेले पोखरेलको जन्मभुमि
माम्खामा नेता पोखरेलाई भव्य सम्मान समेत गरेको थियो । विसं २०१० साल माघ २२ गते ओखलढुंगाको माम्खा २,
रुपनालु गाउँमा बुबा शिवराज पोखरेल र आमा रामकुमारी पोखरेलका कोखबाट जन्मीनुभएका पोख्रेलले देश र
जनाताका हितमा गरेको योगदानको कदर गर्दै उहाँकै जन्मभुमीमा विषेश कार्यक्रमका बिच सम्मान गरिएको सांसद
हर्कबोल राईले बताउनुभयो । पार्टीले नेता पोख्रेललाई सम्मान गरेको र नेता पोख्रेलका हातबाट गाविस
भित्रका जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मानगरिएको सांसद राईले जानकारी दिनुभयो । सम्मानीत भएपछि नेता
पोख्रेलले ईमान्दार भएर नेपाल र नेपालीका हितमा काम गर्न थप उर्जा मिलेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सांसद यज्ञराज सुनुवारले अहिले सम्म सबैको ध्यान संविधान
निर्माणमा गएको भएपनि अब सबैको ध्यान विकास निर्माणमा केन्द्रित हुने बताउनुभयो । सांसद सुनुवारले
आफुहरुले अथक प्रयास गरेर विकासको गती बढाएको भन्दै जनतामाझ गरेका प्रतिवद्धता पुरा गर्ने प्रयास
गरिरहेको बताउनुभयो । सांसद हर्कबोल राई र सकुन्तोला राजभण्डारीले पनि जनताको चाहाना र आवश्यकताका
आधारमा विकास र परिवर्तनका लागि आफुहरु चिन्तीत भएर लागि रहेको बताउनुभएको थियो ।

IMG_4400  Ishwor Pokhrel

यसैविच नेकपा एमाले ईलाका नं २ को पाँचौँ
अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट शुभाष कट््वालको अध्यक्षतामा ४९ सदस्य ईलाका कमिटि सर्व
सम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा हरिबहादुर घिमिरे,ससचिवमा सन्तोष घिमिरे,उपसचिवमा कमला मगर र
सल्लाहकार सभापतीमा लोकबहादुर घिमिरे चयन हुनुभएको नेकपा एमाले जिल्ला कमिटि सचिव शंकर कट्वालले जानकारी
दिनुभयो । उहाँका अनुुसार सम्पन्न अधिवेशनले ईलाका स्तरीय विकास निर्माण तथा शुसासन सम्बन्धी कार्ययोजना
समेत निर्माण गरेको छ ।

त्यस्तै विहिबार सम्पन्न नेकपा एमाले
माम्खाको तेस्रो गाँउ अधिवेशनबाट शुशिल कार्की अध्यक्ष, सुरविर तामाङ उपाध्यक्ष,धनबहादुर राई सचिव र
मिलन राई उप सचिव सहित ३७ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ