३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जिल्लामा रगत आपुर्तिका लागि रक्तदान

२९ मंसिर २०७२, मंगलवार ०२:३७

raktadanसन्तोषकुमार गुप्ता/मङ्सिर २९, दाङ । स्वयंसेवी रक्तदाता समाजको आयोजनामा आज सोमवार घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाल स्वंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १४४ औं पटक रक्तदान गर्नुभएको छ । नेपालका सबैभन्दा रक्तदान गर्ने व्यक्ति रहनुभएका समाजसेवी कर्माचार्य काठमाण्डौं बागबजार निवासी हुनुहुन्छ ।

तत्कालिन समयमा १६ वर्षको उमेरदेखी रक्तदान गर्न शुरु गर्नुभएका उहाँले हालसम्म स्वास्थ्यले साथ दिइरहेका कारण रक्तदानलाई निरन्तरता दिँदै आएको बताउनुभयो । ‘हाल म ५० वर्षको भए ।

त्यतिबेला १८ वर्ष हुनुपर्ने उमेरको हद थिएन । स्वस्थ भएका कारण मैले १६ वर्षकै उमेरमा रक्तदान शुरु गरेको हुँ, अध्यक्ष कर्माचार्यले भन्नुभयो, हालसम्म पनि स्वास्थ्यले साथ दिएका कारण रक्तदान गरिरहेको छु । हाम्रो शरिरमा रहेर पनि यत्तिकै खेर गइरहेको रगत अरु कसैका निमित्त जीवनदान हुन सक्छ भने किन रक्तदान नगर्ने ?’

नेपाल स्वयंसेवी रक्तदाता समाज दाङका अध्यक्ष जीतबहादुर केसीको अध्यक्षता तथा समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कर्माचार्यसहित ९ जनाले रक्तदान गर्नुभएको थियो ।

यसरी रक्तदान गर्नेहरुमा प्रेमसागर कर्माचार्य, रोशनमान श्रेष्ठ, राजीव शिल्पाकार, देविका घर्तीमगर, शरद अधिकारी, कृष्णकुमार चौधरी, रुद्रबहादुर डाँगी, यमलाल घिमिरे, लक्ष्मी अधिकारी रहनुभएको छ ।

कार्यक्रममा समाजका जिल्ला अध्यक्ष केसीले जिल्लामा पछिल्लो समय रगतको अभाव रहेको समयमा रगतको अभावलाई नियमित रुपमा कम गर्न रक्तदान गर्नुपर्छ भनेर जनचेतना अभिवृद्धि गर्नका निमित्त केन्द्रीय अध्यक्षलाई आमन्त्रण गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

त्यस अवसरमा नेपाल रेडक्रस सोशाइटी रक्तसञ्चार केन्द्र दाङका इञ्चार्ज दिलिप न्यौपानले दाङमा प्रतिमहिना १ सय ५० देखी २ सय प्वाइन्ट रगत आवश्यक रहेको बताउँदै पछिल्ला केही समय रगतको अभाव केही रुपमा कम हुँदै गएको जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण नेपाल स्वयंसेवी रक्तदाता समाज दाङका सचिव थमन चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली