३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दिपज्योतीमा दुरविनबाट पित्तथैलीको पत्थरी अप्रेसन सुरु

२९ मंसिर २०७२, मंगलवार ०७:५६

सन्तोषकुमार गुप्ता/ मंसिर २९, दाङ्ग ।  दिपज्योती अस्पताल दाङ प्रालिले दुरविन विधिवाट पित्त थैलीमा रहेको पथ्थरीको अप्रेसन सुरु गरेको जनाएको छ । शल्यक्रिया गरेर पत्थरीको अप्रेशन गर्दै आएको अस्पतालले यही मंसिर महिना देखी दुरविन विधीको सहायताले पित्त थैलीमा रहेको पत्थरीको अप्रेसन सुरु गरेको जनाएको हो ।

दैनिक एउटा अप्रेसन हुदै आएको अस्पतालले जनाएको छ । उक्त दुरबिन बिधिबाट पित्त थैलीमा रहेको पत्थरीको अप्रेसन गर्दा करिब ४५ हजार रुपैयाँ लाग्ने अस्पतालको भनाई छ । चिरेर अप्रेसन गर्दा करिब तिन महिना विरामी थलिने र दुरबिन विधिबाट अप्रेसन गर्दा तीन चार दिन मै सामान्य अबस्थामा आउने अस्पतालका डा. रमेश बस्नेतले जानकारी दिनुभयो । तर मुटु र फोक्सोको बिरामीलाई पत्थरी परे चिरेरै निकाल्नु पर्ने उहाँको भनाई छ ।

साथै अस्पतालले ८ महिना देखी पिसाव नलि र थैलीमा परेको पत्थरीको दुरबिन बिधिबाटै सफल अप्रेसन गर्दै आएको जनाएको छ । त्यसैगरी एपेन्डीसको पनि दुरबिन विधिबाटै अप्रेसन हुदै आएको र फियोको समेत अप्रेसन गर्दै आएको डा. बस्नेतले जानकारी दिनुभयो । साथै अस्पतालले इमरजेन्सी सहित सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली