२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटिया खानेपानी समितीको साधारणसभा सम्पन्न

२९ मंसिर २०७२, मंगलवार ०७:५९

सन्तोषकुमार गुप्ता/ मंसिर २९, भालुवाङ्ग ।
दुई वटा खानेपानी समिती एउटै वडामा उपभोक्ता अन्र्योलमा, एउटै समिती बनाउन सुझाव

 एउटै वडामा स्थापना भएका दुई वटा खानेपानी उपभोक्ता समितीले उपभोक्तालाई सेवा प्रभाव गर्दा प्रतिपद्धा हुने भन्दै लालमटियाका उपभोक्ताहरु एउटै समिती बनाएर काम गर्न सुझाव दिएका छ ।

लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समिती लालमटियाको सोमबार लालमटियाको धार्मिक तथा पर्यटकीय स्थल हर्षे डाँडामा भएको १० औँ बार्षिक साधारणसभा तथा ५ औँ अधिवेशन उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले यस्तो सुझाव दिएका हुन् । उनीहरुले दुई वटा खानेपानी समिती एउटै कार्यक्षेत्रका उपभोक्ताहरुलाई पानी पु¥याउन कार्य थालेको भन्दै आफूहरु अन्र्योलमा परेको बताएका छन् । विकास गर्न एउटै उद्देश्य भएका समिती एउटै वडामा विभाजन भएर नभई एउटै समिती मार्फत सेवा प्रभाव गर्न सके मात्र सकरात्मक विकास हुने भन्दै उनीहरुले एक हुनुको बिकल्प नरहेको बताएका छन् ।
sadaran sabha
समितीका अध्यक्ष गुरुप्रसाद ज्ञवालीको अध्यक्षता एवम् ऐरावती आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको बार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहमा समितीका सचिव शोभाकान्त न्यौपानेले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष गिता शर्माले आर्थिक बर्ष २०७१/०७२ को १५ लाख १ हजार २१ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत प्रसतुत गरेका थिए । संस्थाले आर्थिक बर्ष २०७१/०७२ मा २२ लाख ४८ हजार ५ सय ११ आम्दानी गरेको छ भने १४ लाख १० हजार ८ सय ८३ रुपैयाँ खर्च भएको र ८ लाख ३७ हजार ६ सय २८ रुपैयाँ बचत गर्न सफल छ ।


समितीकी सदस्य कल्पना आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोहरमान मियाँ, वार्ड नागरिक मञ्चकी अध्यक्ष शारदा भुसाल, पशुबद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रका संयोजक यामबहादुर रोका, सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाका उपाध्यक्ष तथा सञ्चारकर्मी सन्तोषकुमार गुप्ता, उपभोक्ता युवराज न्यौपाने र रमेशमान गु्रुङ्ग लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समितीका सचिव शोभाकान्त न्यौपानेले गरेका थिए ।

सभाको बन्दसत्रले पुन ः गुरुप्रसाद ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय पुरानै कार्य समितीलाई निरन्तरता दिने निर्णय गरेको छ । जसको उपाध्यक्षमा गोपालबहादुर खत्री, सचिवमा शोभाकान्त न्यौपाने र कोषाध्यक्षमा गिता शर्मा रहेका छन् । त्यस्तै समितीको सदस्यहरुमा मालिका आचार्य, हिरे बुढा, टेकबहादुर रावत, सावित्रा पाण्डे, जिवा घिमिरे, रणबहादुर न्यौपाने र कल्पना आचार्य रहेका छन् । ज्ञवाली समिती स्थापना भए देखि हाल सम्म अध्यक्ष पदमा रहेर काम गदै आएका छन् ।

सभाले खानेपानीको प्रयोगमा आएको टंकी कजोर भएकोले नयाँ ट्याङ्खी निर्माण गर्न तथा उपभोक्ताहरुलाई स्वच्छ पानी पु¥याउन डिप ट्यूबेल निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने, नयाँ उपभोक्ता प्रबेश शुल्कमा ५ सय बृद्धि गरी ३ हजार ५ सय लिने, नयाँ निजी धारा जडान शुल्कमा समेत बृद्धि गरी ९ हजार ५ सय लिने निर्णय गरेको छ । त्यस्तै सभाले १२ हजार लिटर पानी प्रयोग सम्मका लागि न्युनतम शूल्क १ सय र अधिकतम शूल्क १५ रुपैयाँ निधारर्ण गरेको छ । खानेपानी वितरण प्रभावकारी तथा व्यवस्थीत बनाउन एक जना मर्मत सहयोगी नियुक्ति गर्ने, सबै कर्मचारीमा ५ सयका दरले तलब तथा अन्य सेवा सुविधामा बृद्धि गर्ने निर्णय गरेको छ । सपभोक्ताहरुको नामसारी र ठाउँसारी बाफत ५÷५ शुल्क लिने समेत निर्णय गरेको छ ।

तत्कालिन राप्ती ग्रामिण विकास परियोजना दाङ्गले लालमटियामा खानेपानीको संरचना निर्माण संगै नेवा संस्था र मानव कल्याणको संयुक्त लगानी निर्माण सम्पन्न गरी वि.सं. २०६० साल बैशाख १ यस लालमटिया खानेपानी मर्मत संम्भार समिती तथा हाल लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समितीलाई उक्त संरचना हस्तान्तरण गरेको थियो । हाल यस समितीबाट लालमटिया गाविसका वार्ड नम्बर ४ लालमटिया र वार्ड नम्बर ७ बराखुट्टीका जम्मा ४ सय ५० घरधुरीले स्वच्छ खानेपानी प्रयोग गदै आएका छन् । यस समितीको सेवाबाट १० हजार बढी उपभोक्ता प्रत्यक्ष लाभन्दित समेत भएका छन् ।

यस्तै लालमटिया —४ र ७ नम्बर वार्डलाई कार्यक्षेत्र बनाएर बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समिती लालमटियाले पनि ती दुई वडाका उपभोक्ताहरुलाई स्वच्छ खानेपानी पु¥याउन संरचना निर्माण कार्य तथा पाईप लाईन बिस्तार कार्य तीब्र पारेको छ । यसरी एउटै वडामा स्वच्छ पानी पु¥याउन दुई वटा समितीले आफ्नो कार्यलाई तीब्रता दिंदा उपभोक्ताहरु भने अन्र्योलमा परेको उपभोक्ताहरुको भनाई छ । बृहत्त खानेपानी समितीले एक बर्ष भित्रै लालमटिया —४ र ७ नम्बर वार्डका उपभोक्ताहरुलाई खानेपानीको धारा बितरण गर्ने समितीका अध्यक्ष कृष्णबहादुर गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य