2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

‘बाध्यताले छाउगोठमा बस्छौ’- मुगुका महिला

नन्द बहादुर रोकाया | मङ्सिर २०, मुगु | मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्वर ३ की सर्मिला शाही अहिले उमेरले १९ बर्षकि हुनुभयो । उनि १३ बर्षको उमेरमा छुई भएकी थिईन । पहिलो पटक छुई हुँदा उहाँलाई मर्नु र बाच्नुको बिकल्प भएको थियो । कारण एउटै थियो छुई भएमा अध्यारो गोठमा बसाल्छन, खाना राम्रो र समयमै दिदैनन् । 

सर्मिलाले आफु छुई भएको कुरा शुरुमा आमालार्ई सुनाईन् । आमाले केहि राम्रो गर्छन् कि भनेर झनै आमाले छुई भएको कुरा सुनाउन नपाउदै देविदेवता रिसाउने जस्ता डर देखाएको सर्मिलाले बताईन । उनि भन्छिन – आमाले उल्टै सात दिनसम्म गोठबाट आउन दिइनन्, छुई हुनु एउटा प्राकृतिक प्रकृया अथवा नियम हो मलार्ई थाहा छ । छुई भएमा सरसफाई गर्नुपर्छ, पोषिला खाने कुरा खानु पर्छ, तर हाम्रो समाज पुरातानवादी सोचमा सृजित भएकाले महिलाले दुख पाईरहेका शाहीको ठम्याई छ । 

उनको अनुसार समाजले छुई हुनुलाई अपराध सरह लिने गरेको छ । त्यसैले महिला छुई भएका बेला बाध्य भएर गोठमा बस्ने अलग बस्ने गरेका छन् । 

यता सोरुगाउँपालीका वडा नं ८ कच्चे गाउँकी गोरी रावल यहिले २१ बर्षकि भईन  । उनि भन्छिन् ‘छुई भएका बेला महिलालाई गरिने ब्यवहार परिर्वतन नभएसम्म  छाउगोठ मुक्त वडा घोषण गरेको औचित्य छैन ।’ सौरुगाउँपालीका वडा नं ८ लाई छाउगोठ मुक्त घोषण गरिएको छ । यो सकरात्मक पक्ष हो । तर हामी र हाम्रो यस्तो छैनन् । आज वडा नं ८ लाई छाउगोठ मुक्त घोषण गरेका भएपनि भोलीका दिनमा यस कार्यक्रमले निरन्तराता नपाउने देखिन्छ । मुगु जिल्लाको सन्दर्भमा धेरै वडा छाउँगोठ मुक्त वडा घोषणा भएका छन । तर ति वडाको अबस्था पुरानै छ । केहिले परिवर्तन गेरेका भएपनी धामिझाक्री भएका घरमा त महिलालाई गोठमा बसाल्ने गरेका पाईन्छन् । 

मुगु जिल्लामा युरोपियन युनियनको आर्थिक सहयोग तथा एक्सनवर्क नेपालको साझेदारीमा जिल्लाका स्थानीय निकायको अगुवाइमा धमाधम छाउगोठ मुक्त अभियान चलिरहेको छ ।  गएको आईतबार सोरु गाउँपालिकाकै पहिलो छाउगोठ मुक्त वडाका रुपमा ८ नम्बर वडा लाई छाउँगोठ मुक्त घोषणा गरियो । मुगुमा छाउपडी न्युनिकरणमा बिगत लामो समय देखि काम गर्दै आएको एक्सनवर्क नेपाल मुगु र सोरुगाउँपालीकामो अगुवाईमा छाउगोठ मुक्त वडा घोषणा गरिएको सोरु गाउँपालीकाले जनाएको छ  । यस अघि एक्सनवर्क नेपालकै साझेदारीमा स्थानीय सरकारको सक्रियतामा छायाँनाथ रारा नगरपालिकाको ८,९,१०, त्यस्तै खत्याड गाउँपालीका १ देखि ७ सम्मका वडा लाई छाउँगोठ मुक्त घोषण गरिएको एक्सनवर्क नेपाल मुगुका संयोजक धिरिन्द्र बहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ