२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जग्गाधनीले मुआब्जा नपाएपछि सडक अवरुद्ध

२०७५, २१ मंसिर शुक्रबार ०७:३०

मङ्सिर २१, जुम्ला | जुम्लादेखि डोल्पा जोड्ने सडकअन्तर्गत दानसाँघुस्थित जोवा नदी पुल नजिकैका जग्गाधनीले मुआब्जा नपाएपछि सडक अवरुद्ध गरेका छन् । तीन वर्षअघि निर्माण भएको दानसाँघु माथिल्लो पक्की पुल निर्माण गर्दा जग्गा मासिएपछि मुआब्जा नपाएका जग्गाधनीले सडक अवरुद्ध गरेका हुन् । 

“वर्षौंदेखि मुआब्जाका लागि पहल गर्दा पनि नपाएपछि अन्तिममा सडक अवरुद्ध गर्नुपरेको हो,” जग्गाधनी मयालाल देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “ जिल्ला प्रशासन, नगरपालिका, जिल्ला समन्वय समितिमा धाउँदा पनि क्षतिपूर्ति पाएनौँ, सडकमा दुई दर्जन बढीको जग्गा क्षति भएको छ तर मुआब्जा दिन कसैको ध्यान गएन । ” 

सरोकारवालाबीच पटकपटक छलफल भएपनि निष्कर्ष निस्कन सकेको छैन । नापी कार्यालय, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समितिका प्राविधिकसहितको टोलीले क्षति मूल्याङ्कन गरेको बताइएको छ । सात जनाको हजार वर्गमिटर जग्गा क्षति भएको जनाइएको छ । 

मुआब्जालाई चन्दननाथ नगरपालिकाले रु ५३ लाख र गुठीचौर गाउँपालिकाले रु ४० लाख व्यवस्थापन गर्ने भने पनि व्यवस्थापन नभएको जग्गाधनी दिनेश सुनारले बताउनुभयो । यसै हप्ता टुङ्गो नलागे दानसाँघुकै तीला नदी नजिकैको सडक बन्द गर्ने स्थानीय जग्गाधनीले चेतवानी दिनुभयो । गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार दानसाँघुको विवादित जग्गाको मुआब्जा आफ्नो क्षेत्रमा नपरेकोले रकम दिन नसकिएको बताउनुभयो । चन्दननाथ नगरपालिकाभित्र पर्ने भएकाले गुठीचौर गाउँपालिकाले मुआब्जा दिँदा बेरुजु रहने भएकोले दिन नसकिने अवस्था रहेको उहाँले बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीका अनुसार सर्वदलीय सर्वपक्षीय बैठक बोलाएर छलफल गरी विवाद टुङ्याएर सडक सञ्चालनमा ल्याउने पहल भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी