By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    4 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    5 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    10 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: शिक्षालयका विद्यार्थीलाई प्रहरीको कक्षा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > शिक्षालयका विद्यार्थीलाई प्रहरीको कक्षा
दाङ्ग - DNGसमाज

शिक्षालयका विद्यार्थीलाई प्रहरीको कक्षा

साझासवाल
Last updated: December 21, 2015 1:20 pm
साझासवाल
9 Min Read
Share

prahari1 copyसन्तोषकुमार गुप्ता/सागर थापा/पुस ६, भालुवाङ । राप्ती प्राविधिक शिक्षालय लालमटियामा अरु दिनको भन्दा सोमबार फरक दृश्य देखियो । शिक्षालयको फरक—फरक विभाग अन्र्तगत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई एकै थलोमा राखेर प्रहरीहरुले पढाईरहेका थिए ।

उक्त थलोमा विद्यार्थी मात्र नभई शिक्षालयका प्रशिक्षक, पत्रकार, प्रहरी र शिक्षालय प्रमुखको पनि जमघट थियो । थलोमा जम्मा भएका विद्यार्थीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रमुख अरुणकुमार सिंह र ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी सहायक निरिक्षक रोहित कुँवरले कक्षा लिई रहेका थिए ।

प्रशंङ्ग हो सडक दुर्घटना न्युनिकरण तथा बढ्दो लागुऔषध प्रयोग नियन्त्रणका लागि जिल्लामा सञ्चालन गरिएको प्रहरी र विद्यार्थी बीचको हातेमालो कार्यक्रम अन्र्तगत ट्राफिक सचेतना तथा लागुऔषध नियन्त्रणका लागि देउखुरीको राप्ती प्राविधिक शिक्षालय लालमटियामा आयोजित एक दिने ट्राफिक सचेतना तथा लागुऔषध नियन्त्रण कार्यक्रमको, जिल्लामा सड्क दुर्घटना नै शुन्यमा पु¥याउन र बढ्दो लागु औषध प्रयोग तथा ओसार प्रसार नियन्त्रणका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा जिल्लामा सञ्चालन गरेको सचेतना अभियान अन्र्तगत शिक्षालयमा पनि उक्त कार्यक्रम गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रमुख सिंह र ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी सहायक निरिक्षक कुँवरले शिक्षालयका कृषि, स्वास्थ्य, निर्माण संकायको प्रथम तथा दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई पालैपालो पढाईरहेका थिए भने विद्यार्थीहरु पनि रोमाञ्चित बन्दै प्रहरीको क्लास निकै चासोका साथलिई रहेका थिए ।

prhari copy

वास्तबमा ट्राफिक प्रहरीको काम भनेको सवारीसाधन चेकजाँच गर्ने, ट्राफिक नियम विपरित सवारी साधन चलाउनेलाई कार्वाही गर्ने र सडक दुर्घटना नियन्त्रण गर्ने, यात्रुहरुलाई सहज रुपमा यात्रा गर्न वातावरण सिर्जना गर्ने हो ।

त्यस्तै नेपाल प्रहरीको काम भनेको नागरिकलाई सुरक्षा प्रदान गर्ने, समाजमा हुने अपराधिक घटनाहरुलाई नियन्त्रण गरी अपराधीलाई कानुनी कार्वाही गर्ने र नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिने हो, तर सोमबार भने दुबै प्रहरीका प्रहरी प्रमुखहरु शिक्षालयमा विद्यार्थीहरुलाई क्लास दिई रहेका थिए । उनीहरु संग त्यो दिन गन, लठ्ठी र अन्य सुरक्षा सम्बन्धी उपकरणको सट्टा कम्प्युटर, प्रोजेक्टर, साउनसिस्टम, मारकर, डस्टर, किताब र पर्चाहरु थिए ।

उनीहरु सहज रुपमा विद्यार्थीहरुलाई पढाई रहेका थिए भने विद्यार्थीहरु पनि अनुशासितपूर्वक शान्त भएर पढिरहेका थिए । प्रहरी भन्ने बितिक्कै डराउने विद्यार्थीहरु त्यो दिन बिना संकोच प्रहरीहरु संग प्रतिप्रश्न समेत गरिरहेका थिए ।

प्रहरीले जिल्लामा केही समय यता सञ्चालन गरेको सवारी दुर्घटना न्युनिकरण तथा लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि विद्यालय केन्द्रित सचेतना अभियानका क्रममा नेपाल प्रहरी र ट्राफिक प्रहरी स्वम् विद्यालयहरुमै गई विद्यार्थीहरुलाई सचेतना गराउने काम गदै आएको छ ।

prahari copy

कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख सिंहले सडक दुर्घटनाका कारण, ट्राफिक नियम, ट्राफिक चिन्ह, बाटो क्रस गर्ने तरिका र सडक दुर्घटना कम गर्ने उपाय, दुर्घटना कम गर्न प्रहरी तथा विद्यार्थीको भुमिका लगायतका बिषयमा जानकारी गराउनुका साथै बृत्तचित्र समेत देखाएका थिए ।

त्यस्तै प्रहरी सहायक निरिक्षक कुँवरले विश्व र नेपालमा लागुऔषध प्रयोगको अवस्था, लागुऔषध प्रयोगबाट स्वास्थ्य तथा समाजमा पार्ने असर, कानुनी सजाय, नियन्त्रणका उपाय र प्रहरी तथा विद्यार्थीहरुको भुमिका लगायतका बिषयमा प्रशिक्षण दिनुका साथै दुबै विद्यार्थीहरु संग छलफल समेत गरिएको थियो ।

सडक दुर्घटनाको उच्च जोखिममा विद्यार्थीहरु नै बढी रहेको भन्दै ट्राफिक प्रहरीले केही समय यता आफ्नो नियमित डियुट्ीलाई व्यवस्थापन गदै विद्यालय केन्द्रित सचेतना अभियान चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए । जति पनि सडक दुर्घटना हुन्छ, त्यसमा बढी मात्रमा विद्यार्थी तथा बालबालिकाहरु पर्ने गरेका छन्, सिंहले भने ।

हाम्रो क्षेत्रमा पनि त्यस्तो खालको कुनै सडक दुर्घटना नहोस् भन्ने उद्देश्यले यस्तो खालको सचेतना अभियान चलाएको उनले भने । यो अभियानले अहिले जिल्ला भित्र कुनै अप्रिय घटना नघटेकाले अभियान उपलब्धी मूलक रहेको सिंहको दाबी छ । सचेतना अभियानबाट विद्यार्थी तथा बालबालिकाहरु एकदमै सचेत भएको सिंहको भनाई छ ।

prhari4 copy

बिशेष गरी विद्यार्थीहरु बिहान र साँझाको समयमा हाइवे रोड भएर विद्यालय जाँदा र आउँदा कुनै पनि विद्यार्थी तथा बालबालिका सडक दुर्घटनाको शिकार हुन नपरोस् भनेरै हामीले हाम्रो नियमित ड्युक्तिलाई व्यवस्थापन गरेर सचेतना अभियान चलाएका छौँ सिंहले भने । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ्ग, ईलाका प्रहरी कार्यालय भालुवाङ्ग, सामुदायिक प्रहरी सेवा केन्द्र लालमटिया, अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्ग, राप्ती प्राविधिक शिक्षालय लालमटियाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

यस अघि पनि ईप्रका भालुवाङ्गको कार्य क्षेत्र सिसहनियाँ, लालमटिया र गोबरडिहा गाविसका विभिन्न सामुदायिक तथा निजी विद्यालयहरुमा ईलाका प्रहरी कार्यालय भालुवाङ्ग र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गको संयुक्त आयोजनामा लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा सवारी दुर्घटना न्युनिकरणका लागि विद्यालय केन्द्रित सचेतना अभियान सञ्चालन गरेको थियो । अहिले पनि सोही अभियानलाई निरन्तरता दिंदै आएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए ।

प्रहरीले चलाएको विद्यालय केन्द्रितसचेतना कार्यक्रममा शिक्षालयका पाँच सय जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरु निकै चासोका साथ कार्यक्रममा उत्साहपूर्वक सहभागी रहेको थियो । प्रहरी सरहरुले चलाउनु भएको कार्यक्रम हामीलाई नौलो लाग्यो, हामीले पढ्ने किताबमा नरहेको तर अत्यन्तै जीवन उपयोगी अभियानलाई हामीलाई निकै सचेत गराएको छ शिक्षालयका विद्यार्थी अमिन आचार्यले भने ।

सडकमा हिड्डुल गर्दा कसरी बाटो काट्नु पर्छ, हिद्दा अपाउनु पर्ने सावधान जस्ता महत्पूर्ण बिषय सिक्न पाईयो सोही विद्यालयका विद्यार्थी आचार्य भने । त्यस्तै आर्का विद्यार्थी सुरज थापाले यस्ता कार्यक्रमहरु पटक—पटक लामो समयका लागि सञ्चालन गर्नु पर्ने बताए ।

santosh copy

यो कार्यक्रम हामी विद्यार्थीहरुका लागि निकै जीवन उपयोगी भएकोले निरन्तरताको माग समेत गरे । पछिल्लो समयमा नेपालमा पनि आगुऔषध प्रयोग गर्नेहरु संख्यामा बृद्धि भईरहेकोले नियन्त्रणका लागि प्रहरीको एक्लो प्रयास असम्भव भएको बताउँदै आगुऔषधमा नफसेकाहरुलाई सचेत गराउन हामीले विद्यालय केन्द्रिरित सचेतना अभियान चलाएका हौँ ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रमुख मदन केसीले बताए ।

आगुऔधषको प्रयोगमा अन्य समुदाय भन्दा विद्याथी, बालबालिका र युवाहरु बढी मात्र फस्ने गरेका छन् त्यसैले हामीले ट्राफिक सचेतना संगै यो अभियान पनि चलाएका छौँ प्रहरी प्रमुख केसीले भने । लागुऔषधमा फसेका तथा नफसेका दुबै थरिका बालबालिकाहरुलाई लागुऔषध प्रयोग गर्न नदिन तथा पूर्ण नियन्त्रण गर्न यो अभियानले महतवपूर्ण भुमिका खेल्ने छ, उनले भने । यो अभियान पूर्ण विद्यालय केन्द्रित नै हुने छ, केसीले भने ।

लागुऔषध नियन्त्रण गर्न प्रहरी मात्र सक्रिय भएर हुदैन त्सका लागि अभिभावक, विद्यार्थी र शिक्षक सबैको भुमिका महत्वपूर्ण हुन्छ, त्यसैले यो अभियानका लाग्न सबैमा आग्रह गर्दछु, केसीले भने ।

अब हामीले सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको आयोजनामा ईप्रका भालुवाङ्ग, ट्राफिक कार्यालयको समन्वयमा ईलाका प्रहरी कार्यालय भालुवाङ्गको कार्यक्षेत्र सिसहनियाँ, लालमटिया र गोबरडिहा गाविसका विभिन्न सामुदायिक तथा निजी विद्यालय र समुदाय स्तरमा पुन लागुऔषध नियन्त्रण तथा ट्राफिक सचेतना अभियान, विद्यार्थी सुरक्षा समिती गठन, गाउँटोल सुरक्षा समिती गठन, मार्दकपदार्थ नियन्त्रण, पर्चा बितरण लगायतका कार्यक्रमहरु गर्ने तयारीमा लागेको ईप्रका भालुवाङ्गका प्रहरी प्रमुख केसीले भने ।

कार्यक्रम सञ्चालनका लागि सहयोगी संस्थाहरु पनि सम्पर्कमा आईसकेको उनले भने । यो अभियान पुसको दोस्रो साता देखि नै साप्ताहिक रुपमा विद्यालय तथा समुदायस्तरमा कार्यक्रम गरिने प्रहरी प्रमुख केसीको भनाई छ ।

prahari3 copy

अभियानलाई सफल बनाई सहयोग गरिदिन सबै नागरिकमा उनले आग्रह समेत गरेका छन् । सेवा केन्द्र लालमटियाको पुस १० गतेको बैठक पछि सबै कार्यक्रम तय हुने सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष तथा सञ्चारकर्मी सन्तोषकुमार गुप्ताले जानकारी दिए ।

शिक्षालयका विद्यार्थी सुरज थापाको अध्यक्षता एवम् शिक्षालय प्रमुख मोतीलाल चौधरीको प्रमुख आतिथ्य तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रमुख अरुणकुमार सिंहको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव तथा सञ्चारकर्मी आरके शितलको स्वागत मन्तव्य तथा बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसी, अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका प्रहरी प्रमुख चन्द्र केसी, शिक्षालयका निर्माण विभाग प्रमुख कुलराज चौधरी, स्वास्थ्य विभाग प्रमुख प्रेमप्रसाद बासकोटा, कृषि विभाग प्रमुख डा. राजु भुसाल, डिप्लोमा कोर्षका कोडिनेटर सुरेशचन्द्र गुप्ता, सुरेश जिएम, लेखा अधिकृत सिर्जना अर्याल, पत्रकारहरु प्रशान्त वली, सागर थापा, जमिर शाह र कमल गिरी लगायतका बक्ताले यस्तो खाले सचेतना अभियान ब्यापक बनाउनु पर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष तथा सञ्चारकर्मी सन्तोषकुमार गुप्ताले गरेका थिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article शिक्षालयका विद्यार्थीलाई प्रहरीको कक्षा
Next Article सुरक्षित अप्रवासन प्रवद्धन तथा मानव विचविखन रोकथाम परियोजना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

सातौं राष्ट्रपति प्रतियोगिता सम्पन्न

57 years ago
कन्चनपुर - KNCसमाज

विद्यार्थी हत्याको छानबिनको माग गर्दै क्याम्पसमा तालाबन्दी

57 years ago
मोरङ्ग - MRGसमाज

मोरङमा ड्रम पड्किएर मजदूरको मृत्यु

57 years ago
समाज

डीआईजी पोखरेल एक्सनमा : व्यापारी ठग्ने दुई प्रहरी खाेरमा, ३१ थान मोबाइल बरामद

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?