२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँमा एकिकृत योजना तर्जुमा समितिको बैठक सुरु

२०७२, ७ पुष मंगलवार ०२:३७

ओमप्रकाश गुप्ता/पुस ७, सिसहनियाँ । सिसहनियाँ गाविसको आगामी गाउँ परिषदका लागि सञ्चालित वडा भेलाहरुबाट आएका योजनाहरु लाई आइतवार देखि एकिकृत योजना तर्जुमा समितिको बैठकबाट प्राथामिकताको आधारमा योजना तथा कार्यक्रमहरु छनौट गर्न सुरु गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा खर्च हुने गरि अनुमानित कुल ४१ लाख २१ हजार २ सय ९० रुपैयाँ मध्येबाट भौतिक पुर्वधार तर्फ ६० प्रतिशतका ठुला योजनाहरुमा १० लाख ३८ हजार ४ सय ६९ रुपैयाँ मध्यबाट वडा नं. १ मा लाइनिङ निमार्णका लागि २ लाख ७ हजार रुपैयाँ, वडा नं. ३ मा पक्की नाली निमार्णका लागि रु २ लाख ७ हजार रुपैयाँ , वडा नं ८ को सगरापुरमा पनफकुवा र पक्की वाल निमार्णका लागि २ लाख ७ हजार रुपैयाँ, वडा नं. ९ को बगरापुरमा चौमुहानमा पक्की पनफकुवा बाँध निमार्णका लागि २ लाख ७ हजार रुपैयाँ र वडा नं. ४ मा कल्र्भट तथा बाटो विस्तारका लागि २ लाख १० हजार ४ सय ६९ रुपैयाँ अनुमोदन गरेको छ ।

भने महिला तर्फ १० प्रतिशतका दरले ४ लाख १२ हजार २ सय ९० रुपैयाँ मध्येबाट उद्घोषणकला तथा भाषणकला तालिमका लागि रु ५० हजार, नारी दिवसका लागि रु २० हजार, महिला ससक्तिकरण कार्यक्रमका लागि रु ३० हजार, लक्ष्मी महिला सहकारीको भवन मर्मतका लागि रु ५० हजार, प्रसुती सेवाका लागि रु ७० हजार, आमा समुह लाई सुरक्षित मातृत्व सेवा तालिमका लागि रु ४० हजार, थप २ जना स्वम्सेविकाहरु लाई ड्रेस र सुविधाका लागि रु २० हजार, दुना टपरी मेसिन व्यवस्थापनका लागि रु २० हजार, पहाडी क्षेत्रबाट सुत्केरी गराउन आउनेलाई यातायात खर्च स्वरुप रु ३० हजार, क्षमता विकास तालिमका लागि रु २० हजार, पुर्ण सरसफाईका लागि रु २० हजार र स्वम्सेविकाहरु लाई यातायात खर्च स्वरुप रु ६२ हजार २ सय ९० रुपैयाँ बजेट अनुमोदन तथा स्वीकृत गरेको छ ।

गाविस सचिव मंगलप्रसाद चौधरीको अध्यक्षतामा भएको बैठकमा एकिकृत योजना तर्जुमा समितिका पदाधिकारी, राजनितिकदलका प्रतिनिधि, गाउँ अगुवा र वडा नागरिक मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको छ । बैठकको सहजीकरण गाविसकी प्राविधिक विमला भट्टराई खनालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार