Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको सबै स्थानिय तहमा नेकपाको पार्टी कमिटी सर्वसम्मत

२०७५, २२ मंसिर शनिबार ०३:५०

मङ्सिर २२, चरिकोट | एकीकरण भएको लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखा शाखाको नौ वटै स्थानीय तहको पार्टी कमिटीका पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका छन् । 

पार्टी कार्यदलको बैठकले जिल्लाका नौ स्थानीय तहमध्ये पाँचमा पूर्वएमालेका र चारमा पूर्वमाओवादी केन्द्रका सदस्यले नेतृत्व लिने गरी सहमति गरेको हो । चार सदस्यीय उक्त कार्यदलले पार्टीबाट आएको नाम र व्यक्तिका सम्बन्धमा लामो समयको छलफलपछि स्थानीय पार्टी कमिटीको नाम टुङ्गो लगाएको कार्यदलका सदस्य देवी खड्काले बताउनुभयो । कार्यदलमा पूर्वएमालेका तर्फबाट जिल्ला इन्चार्ज तथा सांसद पार्वत गुरुङ, जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल र पूर्वमाओवादी केन्द्रका तर्फबाट जिल्ला इन्चार्ज देवी खड्का र जिल्ला संयोजक गोपाल पाण्डे रहनुभएको थियो । 

पूर्वएमालेको भागमा भीमेश्वर नगरपालिका, शैलुङ गाउँपालिका, मेलुङ गाँउपालिका, तामाकोशी गाँउपालिका र गौरीशङ्कर गाउँपालिका परेको छ भने पूर्वमाओवादी केन्द्रको भागमा जिरी नगरपालिका, वैत्येश्वर गाउँपालिका, कालिञ्चोक गाउँपालिका र विगु गाउँपालिका परेको छ । 

कार्यदलले सर्वसम्मत रूपमा स्थानीय पार्टी अध्यक्ष र सचिवसहित ७५ सदस्यीय गाउँपालिकास्तरीय कमिटी र ८१ सदस्यीय नगरपालिकास्तरीय कमिटी पनि गठन गरेको छ । 

कार्यदलले सर्वसम्मत रूपमा चयन गरेको नामावली प्रदेश कमिटीमा पेश गर्ने र उक्त कमिटीले अनुमोदन गरेपछि जिम्मेवारी दिइने कार्यदलका अर्का सदस्य पार्वत गुरुङले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश