2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ जिल्ला बास्केट बल संघ गठन

baskebalसन्तोषकुमार गुप्ता/पुस ७, दाङ । दाङमा रहेका बास्केट बल खेलाडीहरुको भेलाले आइतबार दाङ जिल्ला बास्केट बल संघ गठन गरेको छ ।

ज्ञानसिंह बुढामगरको अध्यक्षता एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा कोषाध्यक्ष कैलाश रोकामगरको विशिष्ट आतिथ्यतामा भएको भेलाले ज्ञानसिंह बुढामगरको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा विपिन केसी, सचिवमा दिपक रोकामगर, कोषाध्यक्षमा प्रज्ज्वल शाह र सहसचिवमा सुदेशराज श्रेष्ठ रहनुभएको छ । त्यसैगरी संघका सदस्यहरुमा केशव रोका, गिरी पुन, सन्देश श्रेष्ठ र विक्रम बुढामगर रहनुभएको छ ।

संघको कार्यसमितिमा २ जना महिला खेलाडीलाई मनोनित गरिने छ । विपिन केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शान्ति शोमेई थापा, समाजसेवी कुलप्रसाद बुढामगर, मणिश डिसी, गिरी पुन, विशाल रोकामगर, पंकज बुढामगरलगायतले बास्केट बललाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण आशिष पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई