२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ जिल्ला बास्केट बल संघ गठन

७ पुष २०७२, मंगलवार ०२:४१

baskebalसन्तोषकुमार गुप्ता/पुस ७, दाङ । दाङमा रहेका बास्केट बल खेलाडीहरुको भेलाले आइतबार दाङ जिल्ला बास्केट बल संघ गठन गरेको छ ।

ज्ञानसिंह बुढामगरको अध्यक्षता एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा कोषाध्यक्ष कैलाश रोकामगरको विशिष्ट आतिथ्यतामा भएको भेलाले ज्ञानसिंह बुढामगरको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा विपिन केसी, सचिवमा दिपक रोकामगर, कोषाध्यक्षमा प्रज्ज्वल शाह र सहसचिवमा सुदेशराज श्रेष्ठ रहनुभएको छ । त्यसैगरी संघका सदस्यहरुमा केशव रोका, गिरी पुन, सन्देश श्रेष्ठ र विक्रम बुढामगर रहनुभएको छ ।

संघको कार्यसमितिमा २ जना महिला खेलाडीलाई मनोनित गरिने छ । विपिन केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शान्ति शोमेई थापा, समाजसेवी कुलप्रसाद बुढामगर, मणिश डिसी, गिरी पुन, विशाल रोकामगर, पंकज बुढामगरलगायतले बास्केट बललाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण आशिष पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली