२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लमही खानेपानीको चुनाव पुस १५ गते

२०७२, ७ पुष मंगलवार ०२:४९

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वकालागी पुस १५ गते निर्वाचन हुने भएको छ ।

निर्वाचन मण्डलले प्रकाशीत गरेको चुनावी कार्यतालीका अनुसार पुस १५ गते मदतान हुने जनाइएको छ । सार्वजनिक निर्वाचन कार्यतालीका अनुसार पुस ७ गते मतदाता नामावली प्रकाशन गर्ने, ८ गते १० बजे देखी ४ बजे सम्म मतदाता नामावली उपर दावी विरोध, ९ गते विहान १० बजे अन्तिम नामावली प्रकाशन, सोही दिन विहान ११ बजे देखी ४ बजे सम्म उम्मेदवारी दर्ताको कार्यसुची रहेको छ ।

यसैगरी पुस १० गते विहान १० बजे देखी २ बजे सम्म उम्मेदवारी उपर दावी विरोध, सोही दिन ३ बजे देखी ४ बजे सम्म उम्मेदवारी फिर्ता, सोही दिन ४ बजेर १५ मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

पुस ११ गते २ बजे चुनाव चिन्ह प्रदान, पुस १२ गते देखी १४ गते सम्म निर्वाचन प्रचार प्रसारको समय छुट्याईएको छ । पुस १५ गते विहान ८ बजे देखी ४ बजे सम्म मतदानको समय छुट्याईएको निर्वाचन मण्डलका संयोजक शेषमणी गौतमले जानकारी दिनुभयो ।

पानीमा राजनिति हुदैँ
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वमा आफ्नो दलको प्रतिनिधित्व हावी गराउन यहाँ कृयासील राजनैतिक दलहरुको चलखेल वढेको छ ।

नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा लगाएतका दल खानेपानी संस्थाको नेतृत्व हत्याउन उम्मेदवारको छनौंटमा केन्द्रित भएका छन् ।

नेकपा एमालेको तर्फवाट लमही नगरपालीका वडा नं १० निवासी काँशीराम डाँगीलाई अध्यक्ष पदमा उठाउने तयारी गरिएको छ । नगर कमिटिको भेलावाट डाँगीलाई अध्यक्ष पदमा उठाउने सर्वसहमत निर्णय गरिएको छ । अन्य दलहरु आन्तरिक छलफलमा ब्यस्त रहेको वुझीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा