२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नेत्रलाल अभागिलाई सम्झियो अनेरास्ववियु दाङले

७ पुष २०७२, मंगलवार ०२:५७

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । अग्रज र अनुज बीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता गरी अनेरास्ववियु दाङले नेत्रलाल पोडे अभागीलाई सम्झिएको छ ।

तुलसीपुरमा पूर्व बिद्यार्थी तथा युवा समाज र अनेरास्वबियु दाङबीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता गरी अनेरास्ववियु दाङले दंगाली कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अभागीलाई सम्झिएको हो ।

अभागिको ७१ औँ जन्म स्मृतिको अवसरमा भएको प्रतियोगितामा पूर्व विद्यार्थी तथा युवा समाजले जित हासिल गरेको छ । समाजले २ गोलका बिरुद्ध ३ गोलले अनेरास्वबियु दाङलाई हराएको हो ।

अनेरास्वबियु दाङ जिल्ला अध्यक्ष बिरबल खड्काको कप्तानीमा रहेको अनेरास्वबियु दाङलाई पूर्व बिद्यार्थी समाजका अध्यक्ष पदम केसीको कप्तानीमा रहेको समाजले शुरु देखिनै दबाबमा राखेको थियो ।

विभिन्न रचनात्मक कार्यक्रम गरी हरेक वर्ष अनेरास्वबियुले अभागीलाई संम्झदैँ आएको छ । प्रतियोगिता समापनका अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य मेटमणी चौधरीले यस्ता खाले रचनात्मक कार्यक्रमले विद्यार्थीको चौतर्फी विकास गर्ने बताउनुभयो । साथै अग्रजलाई सम्मान तथा अग्रज र अनुज बीचको सम्बन्ध प्रगाढ बन्ने धारणा राख्नुभयो ।

अनेरास्वबियु दाङ जिल्ला अध्यक्ष बिरबल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङ जिल्ला सचिव हुकुम बस्नेत, उप–सचिव बामदेब खनाल, किसान महासंघका स्थायी समिति सदस्य टिकाराम खड्का, केन्द्रिय सदस्य घनश्याम पाण्डे, अनेरास्वबियु केन्द्रिय सदस्य पवन रिजाल, दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगी लगाएले नेत्रलाल अभागीले दंगाली कम्युनिष्ट आन्दोलमा पु(याएको योगदानको चर्चा गर्नुभएको थियो ।

समापन कार्यक्रमको सहजिकरण अनेरास्वबियु जिल्ला सह–सचिव प्रकाश शर्माले गर्नुभएको थियो धन्यबाद ज्ञापन दाङ काठमाण्डौ सम्पर्क कमिटीका अध्यक्ष वर्षात भण्डारीले गर्नुभएको थियो । खेलको अम्पाएरको भूमिकामा अर्जुन भण्डारी रहनुभएको थियो । मेलमा नआएको भए यहाँबाट साभार गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली