Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 11, 2018 रसुवा - RSW, समाज

नव निर्मित विद्यालय हस्तान्तरण

By kit 3 मिनेट पढाइ

मङ्सिर २५, रसुवा | रसुवाको नौकुण्ड गाउँपालिका–३ मा स्थित दुप्चेश्वरी आधारभूत विद्यालय भवन पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्याएकाले गैरसरकारी संस्था रिकाडो मन्सानारिको आर्थिक सहयोग तथा एशिया अनलुस र कृषि वन प्रतिष्ठानको प्राविधिक सहयोगमा कूल रु एक करोड ७५ लाखको लगानीमा दश कोठे भवन निर्माण गरिएको हो ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सांसद मोहन आचार्यले उक्त भवन उद्घाटन गर्नुभएको थियो ।

दुईसय अठचालिस विद्यार्थी अध्ययनरत उक्त विद्यालयको सबै कक्षा भूकम्पले पूर्णक्षति बनाएकाले विद्यार्थी अस्थायी टहरामा बसेर पठ्न बाध्य थिए । हाल छन् ।

विद्यालयलाई आवश्यक शौचालय, सोलार बत्ती, फर्निचरसमेत सोही संस्थाले उपलब्ध गराएको छ । यसैगरी सोही संस्थाको सहयोगमा उक्त गाउँपालिका–४ मा रु ७५ लाख लगानीमा निर्माण गरिएको नमूना प्राथमिक विद्यालय पनि सोमबारै हस्तान्तरण गरिएको छ । सो संस्थाले हालसम्म रसुवामा चारवटा विद्यालय पुनःनिर्माण गरी हस्तान्तरण गरिसकेको छ । रासस