२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बाँदर आतङ्क

२५ मंसिर २०७५, मंगलवार ०८:२८

विनोद सिंह विष्ट । मङ्सिर २५, बैतडी । बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका–४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । 

बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेका नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताउनुभयो । 

बाँदरको आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य छन् । खेतमा लगाएको बालीनाली र रुखका फलफुल मात्रै होइन पकाएको खाना र बजारबाट किनेर ल्याएका सामान समेत बाँदरले लग्ने गर्दा स्थानीय बासिन्दा आतङ्िकत बनेका हुन् । बाँदरले स्थानीय बासिन्दालाई सहनै नसकिने गरी दुःख दिन थालेपछि बसाइँ सर्ने अवस्था आएको पार्वती चन्दको भनाइ छ । 

बाँदरले खेतमा लगाएको बालीनालीदेखि भान्सामा पकाएको खाना समेत नष्ट गर्न थालेको नगरपालिका–८ त्रिपुराका हिम्मत चन्दले बताउनुभयो । “वर्षौँदेखि गाउँमा बाँदर आतङ्क छ”, उहाँले भन्नुभयो, “अन्नबाली बाँदरले सखाप पार्न थालेपछि खेतीपाती गर्न छाडेका छौँ ।” 

खेतमा लगाएको बालीनाली मात्रै नभएर भान्छामा पकाएको खाना समेत बाँदरले लग्ने गरेको नगरपालिका–५ का स्थानीबासी डम्बर टमाटाले बताउनुभयो । उहाँले भन्नुभयो, “घरको एकजना मान्छे दिनभरि घरमा बाँदरका लागि कुरुवा बस्नुपरेको छ ।” 

यहाँका स्थानीयले बाँदरका कारण खेत बाँझै छाडेका छन् । खेतमा लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि विगत पाँच/छ वर्षदेखि खेतमा बालीनाली नलगाई बाँझै छाडिएको स्थानीय तेजप्रकाश भट्टले जानकारी दिनुभयो । 

बाँदरले सबै फलफूल समेत नष्ट गरेको स्थानीयवासीले बताएका छन् । यो मौसममा लाखौंँको सुन्तला, मौसम, अमिलो फल फल्ने यी क्षेत्रमा अहिले एक दाना पनि नभएको स्थानीयवासीले बताएका छन् । 

बाँदर आतङ्क रोक्न नगरपालिका–५ ले गतवर्ष रु एक लाख ५० हजार बजेट विनियोजन गरेको थियो । बाँदर विशेषज्ञ ल्याएर बाँदर धपाएको भए पनि फेरि बाँदर फर्केर आएको वडाध्यक्ष भट्टले बताउनुभयो । नगरपालिकाले तयार पारेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनामा बाँदर आतङ्कलाई पहिलो प्रकोपको रूपमा स्तरीकरण गरिएको छ । 

बाँदर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा नगरपालिकामा छलफल भइरहेको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । बाँदरको आतङ्क बढेपछि नगरपालिकाले गतवर्ष बाँदर धपाउने अभियान शुरु गरेको थियो, तर त्यो सफल हुनसकेको छैन् । 

स्थानीय मोहनबहादुर चन्दको नेतृत्वमा बाँदर लखेट्ने अभियान चलाएको भए पनि बाँदर लखेट्ने प्रयास सफल हुन नसकेको हो । 

भारतको काशी तथा वाराणसीबाट ट्रक ल्याएर महाकाली नदीमा बाँदर छोडेको र त्यसपछि जिल्ला सदरमुकाममा बाँदरको आतङ्क बढेको स्थानीय बासिन्दाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की