Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको न्यायिक समितिमा २३ उजूरी दर्ता

२०७५, २६ मंसिर बुधबार ११:२०

मङ्सिर २६, दाङ । दाङको शान्ति नगर गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २३ वटा उजूरी दर्ता भएका छन् । न्यायिक समितिका उपाध्यक्ष मिथिला शाहले गत असारसम्म १२ र साउनदेखि हालसम्म ११ वटा गरी जम्मा २३ वटा उजूरी आएको बताउनुभयो । 

उहाँका अनुसार न्यायिक समितिमा आएका उजूरीमध्ये असार मसान्तसम्म सातवटा मुद्दा मिलापत्र भएका छन् । यस आवमा परेका ११ र गतवर्ष जिम्मेवारी सारेर पाँचवटा मुद्दामध्ये चार वटालाई मिलापत्र र चार वटालाई मिलाउनका लागि भन्दै सम्बन्धित वडामा सिफारिस गरी पठाइएको छ भने तीनवटा मुद्दालाई दाङ प्रहरीमा पठाइएको उपाध्यक्ष शाहले जानकारी दिनुभयो । 

हाल न्यायिक समितिमा पाँच थान मुद्दा रहेको र ती मुद्दा प्रक्रियामा रहेका छन् । सो गाउँपालिकाको न्यायिक समितिमा आउने धेरै मुद्दामा घरायसी झैझगडा, खेतीपाती नोक्सानी, कुलोपानी, बाटोघाटो, जग्गा विवाद रहेका छन् । 

गाउँपालिकाको भवन पुरानो र सानो भएकाले इजलासको छुट्टै कोठा नहुँदा साँघुरो कोठामा बसेर काम गर्दा कठिनाइ हुने गरेको उपाध्यक्ष शाहले बताउनुभयो । उहाँले मुद्दा मिलान गर्दा आफूहरूले मेलमिलाप नीतिलाई प्राथमिकता दिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अत्यन्तै चुनौतीपूर्ण तथा संवेदनशील काम गर्नुपर्छ । गम्भीरताका साथ चुनौतीलाई पनि अवसर मानेर काम गरिरहेका छौँ । विज्ञ कर्मचारी भएमा सजिलो हुने थियो ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ