६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामान्य अङ्कले बढ्यो शेयर बजार

२७ मंसिर २०७५, बिहीबार १०:२९

मङ्सिर २७, काठमाडौँ | धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव छ बिन्दुले बढेर एक हजार १४८ दशमलव ७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ बिन्दुले बढेर २४४ दशमलव ७० बिन्दुमा पुगेको छ । 

स्टकक अनुसार आज कूल १५४ कम्पनीको नौ लाख ९७ हजार ६७२ कित्ता शेयर रु ३२ करोड ३७ लाख ५८ हजार ७४ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेका छन् भने सात उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ । होटल एक दशमलव ८५, वित्त शून्य दशमलव ४४ र अन्य उपसमूह दुई दशमलव ५७ बिन्दुले घटेको छ । 

बैंकिङ आठ दशमलव ५५, विकास बैंक आठ दशमलव ८७, जलविद्युत् आठ दशमलव आठ, निर्जीवन बीमा ६५ दशमलव ७८, उत्पादन पाँच दशमलव ३८, लघुवित्त ११ दशमलव ६१ र जीवन बीमा ३० दशमलव २७ बिन्दुले बढेको छ । साताको कारोवार हुने आज अन्तिम दिन नागबेली लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, काबेली विकास बैंकका शेयरधनीले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता