पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर २८, बैतडी | सम्पूर्ण सरकारी सेवा जनताको घरदैलोबाटै दिने उद्देश्यले बैतडीको दुर्गम तल्लोस्वराडमा सञ्चालन भएको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । उक्त शिविरवाट पाँच हजार बढी नागरिक लाभान्वित भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन भएको घुम्ती शिविरमा एक हजार ५६३ ले नागरिकता प्रमाणपत्र बनाएका र ८९४ ले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुशील फँुयालले बताउनुभयो । सुख्खा फलफूल विकास केन्द्रले ८६० जनालाई तरकारीको बिउबिजन वितरण गरेको थियो ।

शिविरमा नेपाली सेनाको बैतडीस्थित शत्रुमर्दन गुल्मले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट २२० सर्वसाधारण नागरिक लाभान्वित भएका थिए । प्रहरी कार्यालयले शान्ति सुरक्षा, घरेलु तथा साना उद्योग विकास समितिबाट उद्योग दर्ता, हुलाक कार्यालयले हुलाक टिकट बिक्री वितरण, भेटनरीबाट पशु स्वास्थ्य परीक्षण र वन कार्यालयबाट वन्यजन्तु तथा वन सम्पदा संरक्षण सम्बन्धी परामर्श सेवा दिइएको थियो ।

गाउँघरमै सम्पूर्ण सरकारी सेवा पाएपछि तल्लोस्वराडका स्थानीय बासिन्दा हर्षित भएका छन् । मङ्सिर २२ गतेदेखि शिनाथ गाउँपालिकाबाट शुरु भएको घुम्तीशिविर बिहीबार मेलौली नगरपालिकामा सम्पन्न भएको हो । रासस