२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा घुम्ती शिविरबाट नागरिक लाभान्वित

२८ मंसिर २०७५, शुक्रबार ०९:५०

मङ्सिर २८, बैतडी | सम्पूर्ण सरकारी सेवा जनताको घरदैलोबाटै दिने उद्देश्यले बैतडीको दुर्गम तल्लोस्वराडमा सञ्चालन भएको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । उक्त शिविरवाट पाँच हजार बढी नागरिक लाभान्वित भएका छन् । 


जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन भएको घुम्ती शिविरमा एक हजार ५६३ ले नागरिकता प्रमाणपत्र बनाएका र ८९४ ले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुशील फँुयालले बताउनुभयो । सुख्खा फलफूल विकास केन्द्रले ८६० जनालाई तरकारीको बिउबिजन वितरण गरेको थियो । 

शिविरमा नेपाली सेनाको बैतडीस्थित शत्रुमर्दन गुल्मले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट २२० सर्वसाधारण नागरिक लाभान्वित भएका थिए । प्रहरी कार्यालयले शान्ति सुरक्षा, घरेलु तथा साना उद्योग विकास समितिबाट उद्योग दर्ता, हुलाक कार्यालयले हुलाक टिकट बिक्री वितरण, भेटनरीबाट पशु स्वास्थ्य परीक्षण र वन कार्यालयबाट वन्यजन्तु तथा वन सम्पदा संरक्षण सम्बन्धी परामर्श सेवा दिइएको थियो । 

गाउँघरमै सम्पूर्ण सरकारी सेवा पाएपछि तल्लोस्वराडका स्थानीय बासिन्दा हर्षित भएका छन् । मङ्सिर २२ गतेदेखि शिनाथ गाउँपालिकाबाट शुरु भएको घुम्तीशिविर बिहीबार मेलौली नगरपालिकामा सम्पन्न भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै