2026-06-30 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

थाल ठटाएर हात्ती तर्साउन खोज्नुको अर्थ छैन: प्रजिअ अधिकारी

yekdev adhikariपूर्णप्रसाद न्यौपाने/बैशाख ६, ओखलढुंगा । ओखलढुंगाका प्रमुख
जिल्ला अधिकारी एकदेव अधिकारीले प्रदर्शनात्मक प्रभाव देखिनेगरी काम आग्रह गर्नुभएको छ ।

आईतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रजिअ अधिकारीले राज्यका जिम्मेवार
निकाय र अन्य सरोकारवाला सबैलाई नतीजामुलक काम गर्न आग्रह गर्नुभएको हो । ‘कामका लागि काम होईन अब सबैले
उपलब्धी देखिने गरी काम गर्नुपर्छ’ प्रजिअ अधिकारीले भन्नुभयो ‘यसो भन्दैगर्दा चर्चाका लागि काम गरौँ
भनेको होईन, तर पदिय जिम्मेवारी भुल्नुभएन’ उहाँले जिल्लाका सबै सराकारी निकायलाई जिम्मेवार बनाउने
प्रतिवद्धता समेत जनाउनु भएको छ ।

फरक एक प्रशंगमा प्रजिअ
अधिकारीले बजारमा भईरहेको कालोबजारी अन्त्यका लागि स्थानिय प्रशासन गम्भीर भएर लाग्ने बताउनुभयो ।
‘कानुनमा स्पष्ट नहुँदा बजार अनुगमन गरेर केहि सामान बरामत पछि नष्ट मात्रै गर्दा कालोबजारीयाहरुलाई थप
सहयोग पुग्छ’ उहाँले भन्नुभयो‘त्यसैले थाल ठटाएर हात्ती तर्साउन खोज्नुको अर्थ छैन,अब कालोबजारी
गर्नेलाई कडा कारबाहि गरिन्छ ।’

ओखलढुंगामा बजार अनुगमन गर्दा
उद्योग वाणिज्य संघ सहितका सरोकारवालाहरु समेतलाई सहभागि गराउने चलन रहेको भन्दै आगामी दिनमा त्यसो
नह्ने बताउनुभयो । उद्योग वाणिज्य संघका प्रतिनिधीले बजार अनुगमन हुनुभन्दा पहिलेनै बजारमा हल्ला
फैलाउने भएकाले त्यस्तो अनुगमनको अर्थ नहुने उहाँको भनाई थियो । करिब एक वर्ष देखि ओखलढुंगामा बजार
अनुगमन भएको छैन । अहिले सदरमुकाममै खुलेआमा उपभोग्य म्याद गुज्रीएका खाद्यपदार्थहरु खुलेआम विक्रि
वितरण भईरहेका छन् ।

यसैविच जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले
पेट्रोलियम पदार्थ, ग्यास र दैनिक उपभोग्य वस्तुमा कालोवजारी गर्नेमाथि छानविन गरी कडा कारवाही गर्ने
निर्णय गरेको छ । जिल्लामा निरन्तर भित्रिएको पेट्रोलियम पदार्थ र ग्यास अभाव भएको, मनपरी मूल्य असुलेको
चौतर्फी गुनासो आएपछि कारवाही गर्ने निर्णय गरेको हो ।

मूल्य
सूची नराख्ने, पेट्रोलियम पदार्थ, ग्यासमा मनपरि मुल्य लिने र उपभोक्ताले माग गरेको समयमा पम्प बन्द
भएको पाइएकाले व्यवसायी तथा व्यापारीहरुलाई बोलाएर आगामी दिनमा गुनासो नआउनेगरी काम गर्न निर्देशनात्मक
आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले बताउनुभयो । पम्पहरु आफुखुसी खोल्ने र बन्द
गर्दा कालो बजारी हुने गरेको गुनासो आएपछि विहान ६ बजेदेखी बेलुका ६ बजेसम्म दैनिक पम्प खुल्ला गर्न
पेट्रोल पम्प संचालकहरुलाई निर्देशन दिइएको हो ।

पेट्रोलयिम
पदार्थको परिमाण सवैले देख्ने गरी टास्ने, आवश्यक सेवाका लागी जुनसुकै समयमा उपलब्ध हुने गरी ५ सय लिटर
डिजेल र २ सय लिटर पेट्रोल र स्टक राख्ने,ग्यास प्रति सिलिन्डर एकहजार सात सय ५० रुपैंयामा भन्दा बढि
मूल्य नलीने लगाएतको निर्णय कार्यान्वयन गर्ने अन्यथा कारबाहि भोग्नतयारहुने भन्ने निर्णय पुस्तिाकामा
व्यवसायीहरुले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक