2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जनमुक्ति पार्टीको प्रदेश अधिवेशन सम्पन्न

December 15, 2018

मङ्सिर २९, रुपन्देही | २७ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं ५ परिचालन समितिको अधिवेशन बुटवलमा सम्पन्न भएको छ । 

पार्टीले आज बुटवलमा पत्रकार सम्मेलन गरी यही मङ्सिर २२ र २३ गते बुटवलमा आयोजना गरेको अधिवेशनका निर्णयहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जनमुक्ति पार्टीले जारी गरेको घोषणापत्र सार्वजनिक गर्दै महासचिब टोप अस्लामीले प्रदेश नं ५ को नाम लुम्बिनी–थरूहट–मगरात राख्न माग गरिएको बताउनुभयो । उहाँले मुलुकमा भ्रष्टाचारका कारण समस्या सिर्जना भएकाले भ्रष्टाचारीलाई देशद्रोह घोषणा गरी सर्वस्वहरणसहित जन्मकैदको सजाय माग गरेको जनाउनुभयो । 

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग कलकारखानाको विकास गरी लगानीको क्षेत्रमा सरकार, निजी व्यवसायीका साथै स्थानीय समुदायको एकतिहाइ हिस्सेदारी सुनिश्चित गर्न घोषणापत्रमा माग गरिएको छ । 

सबै जाति र लैङ्गिक प्रतिनिधित्व हुने गरी पाँच सदस्यीय राष्ट्रपतिमण्डल र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने व्यवस्था र पहिचानमा आधारित पूर्ण सङ्घीयताको सुनिश्चित गर्न माग गरएिको छ । पार्टीले प्रदेशका ऐतिहासिकस्थल जीतगढी, आदिमानव रामापिथेकसको अवशेष भेटिएको बुटवलको चिडियाखोला क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आग्रह गरेको छ । 

बुटवलदेखि लुम्बिनी, तिलौराकोट, नुवाकोट, बल्ढेङगडी र तानसेन जोड्ने विद्युतीय केबलकार सञ्चालनका लागि पहल गर्न माग गर्दै विद्युतीय सौर्य ऊर्जामा आधारित यातायात सेवालाई पहिलो प्राथमिकता दिन पार्टीले घोषणापत्रमार्फत सरकारसँग माग गरेको छ । 

जल, जमीन, जङ्गल र खानीको उपयोग गर्दा स्थानीयवासीलाई अग्राधिकार दिन, कला संस्कृतिको संरक्षण गर्न, सरकारी र गैरसरकारी संस्थामा महिला सहभागिता ५० प्रतिशत सुनिश्चित गर्न, बेरोजगारलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न, उद्योग कलकारखाना, अस्पताल, शैक्षिक संस्था र पर्यटकीय क्षेत्रलाई बन्द, हडतालमुक्त क्षेत्र घोषणा गर्न माग गरिएको छ । 

पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष झमबहादुर गुरुङ, सचिव बालकिशोर रानाले प्रदेशलाई समृद्ध बनाउन सबै जाति, भाषाभाषीलाई मिलाएर अगाडि लैजान आवश्यक रहेको बताउनुभयो । प्रदेश अधिवेशनले झमबहादुर गुरुङको अधयक्षतामा ४१ सदस्यीय समिति गठन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते