Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मुगुमा छायाँनाथको छलङ्ग :२६ लाखा मुनाफा

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

नन्द बहादुर रोकाया, पुस १ मुगु । मुगु जिल्ला स्थित छायाँनाथ बचत तथा ऋण सहकारी सस्थाले आर्थिक बर्ष २०७४/०७५मा आफनो कारोवारमा खुद मुनाफा २६ लाख गरेको छ । शनिबार सम्पन्न सहकारीको चौथो साधारण सभामा सहकारी अध्यक्ष भुपेन्द्र बहादुर मल्लले प्रस्तुत गर्नु भएको वार्षिक प्रगती प्रतिवेदनमा अनुसार आर्थिक बर्ष २०७४/०७५ मा आफनो कारोवारमा सहकारीले खुद मुनाफा २६ लाख गरेको हो  ।

प्रस्तुत प्रतिवेदनमा आर्थिक बर्ष ०७३/०७४ मा सहकारीले लिएको शेयर,बचत,लगानी,बाहय  ऋण तथा कोषमा लक्ष्य भन्दा बढी प्रगती गर्न सफल भएको देखिएको छ । सहकारीले शेयरमा ६० लाख लक्ष्य लिएकोमा ६१ लाख ५२ हजार ५ सय, बचतमा ८ करोड लक्ष्य लिएकोमा ९ करोड ३६ लाख ९६ हजार ५२०, लगानीमा १० करोड लक्ष्य लिएको ११ करोड ६४ लाख ५३ हजार ४० रुपयाँ, बाईय ऋण १ करोड ५० लाख लिने लक्ष्य लिएकोमा १ करोड ८५ लाख ३६ हजार २ सय र कोषमा ४० लाख  लक्ष्य लिएकोमा ४२ लाख २० हजार ३२० प्रगती गरेको छ ।

सहकारीको जिवन तथा आबास कार्यक्रम अन्तरगत आगलागी १६ जना,मृत्यु सस्कार ६ जना,सुत्केरी पोषण सहयोग २९१ जना,सदस्यका छोरा छोरी मृत्यु सस्कार सहयोग १७ जनालाई आर्थिक सहयोग गरिएको छ । त्यस्तै सहकारीमा आवद्घ सदस्यहरुको स्वास्थ्य अवस्थालाई मध्य नगर राखी स्वस्थ सदस्य सबल सहकारी अन्तएरगत २८ सय सदस्यलाई नुहाउने र लुगाधुने सावुन र २२ सय सदस्यलाई ब्रस,टुटपेस वितरण गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।६३२७ सदस्यलाई वित्तिय साक्षरता ४१३९ सदस्यलाई हिमालय फाउण्डेसन र शिक्षण अस्पताल महाराजगंजको सहकार्यमा सामान्यचेकजाच,मुटुरोग,स्त्रीरोग,हाडजोर्नी,नाक,कान,घाटी,दात तथा सल्यक्रिया सेवा दिईएको छ ।

सदस्य,कर्मचरी तथा संचालक समितीका सदस्यहरुलाइ युवा परिषद,नेफस्कुन र आरएमडिसीको सहयोगमा विभिन्न आयमुलक तथा सस्थागत र वित्तिय तालिम दिएको जनाएको छ । साधारण सभामा आर्थिक बर्ष २०७५/०७६ को वार्षिक नीति  तथा कार्यक्रम र बजेट प्रस्तुत गदै सहकारीका कोषाध्यक्ष हरि बहादुर शाही ले शेयर,बचत र सस्थागत पुजी २० करोड ५ लाख,बाईइ ऋण ५ करोड,लगानी २२ करोड,कुल आम्दानी ३ करोड ७५ लाख र खर्च १ करोड ८७ लाख गरि खद नाफा १ करोड ८८ लाख गर्ने लक्ष्य प्रस्तुत गर्नुभयो ।

यो आर्थिक बर्षमा सदस्यमुखी सस्कार सिकाउन छायाँनाथ अनटाइृम,मुस्कान सहितको सेवा,भाखा नाग्ने ऋण शुन्य गर्ने,उद्यमशिलता र व्यवसाय विकास गर्न,महिला र उद्यम,युवा स्वाभिमान कार्यक्रम संचालन गर्ने सहकारीले जनाएको छ। त्यस्तै गरि सहकारीले सदस्य समाजिक सुरक्षा अन्तरगत परिवार राहत कार्यक्रम,लघुविमा कार्यक्रम,सदस्य सेवा सुविधा अन्तरगत शेयर लाभान्स वितरण कापी कलम कार्यक्रम,छात्रावृद्घि कार्यक्रम,सदस्य अवलोकन भ्रमण,आलु मिशन कार्यक्रम,घर उज्यालो कार्यक्रम संचालन गरिने बताईएको छ । सस्थागत उत्तरदायित्व अन्तरगत कुलत त्यागौ सहि बाटो रोजौ,आफनो गाँउ ठाँउ आफै बनाऔ,स्वस्थ सदस्य सबल सहकारी र ल्याप्चे हटाउ जस्ता कार्यक्रम पनि संचालन गर्न निती,तथा बजेट तयार पारिएको पनि कोषाध्यक्षले प्रस्तुत गनु भएको प्रतिवेदनमा उल्लेख  गरिएको छ ।