2026-09-18 07:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुरमा इन्धन डिपो र हवाई अड्डा निर्माण हुन्छः प्रचण्ड

dang news (2)

सन्तोषकुमार गुप्ता । पुस २५, दाङ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुलसीपुरमा इन्धन डिपो स्थापना र हवाइ सेवा नियमित हुने वताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षता र एमाओवादी अध्यक्ष प्रचण्डको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघले प्रचण्डलाई पाँच वुदे ज्ञापन पत्र पनि वुझाएको थियो । टरिगाउँ विमानस्थलमा नियमित विमान संचालनगर्न इन्धन डिपो स्थापना , धावनमार्ग विस्तारलाई महत्व दिइएको छ । त्यस्तै अमिलिया–तुलसीपुर, तुलसीपुर–रुकुम र तुलसीपुर हुँदै सुर्खेत जोड्ने सहयाक राजमार्गको स्तरवृद्धी, दाङ जिल्लालाई ५नम्वर प्रदेशको संघीय राजधानी वनाउनुपर्ने,दाङमा औद्योगिक क्षेत्र स्थापना र तुलसीपुरमा औद्योगिक सुरक्षावल स्थापनाहुनुपर्ने र स्थानिय निर्वाचन अविलम्व गराउन जस्ता मागहरु समेटिएको ज्ञापन पत्र पनि बुझाइएको थियो

तुलसीपुर उद्योग वाणिज्य संघले शनिवार टरिगाउँ एयरपोर्टमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले मुख्य समस्याको रुपमा रहेको इन्धन डिपो स्थापनाले अब चाँडै पूर्णता पाउने वताएका हुन । ‘तुलसीपुरमा इन्धन डिपो स्थापना मुख्य समस्या रहेछ हवाई अड्डा अति आवश्यक र गंभिर समस्या रहेछ ।’ प्रचण्डले भने ‘ तुलसीपुरमा हवाई अड्डा नहुँदा सारै दुःख पाइयो, बाँके भएर आउनु प(यो, कार्यक्रममा निर्धा्रित समयमा आउन सकिएन ।’ बाँके आएदेखि नै तुलसीपुरको हवाई अड्डाको वारेमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगर संग बढी चर्चा गर्दै आएको बताए । लोकेन्द्र जी मन्त्री हुँदा खेरी कालोपत्रे भएको टरिगाउँ विमान स्थलको विकासको लागि आफू लागिपर्ने वचनवद्धता पनि व्यक्त गरेका थिए । प्रचण्ड क्रान्तिकारी पत्रकार संघको तेस्रो जिल्ला सम्मेलनलाई सम्वोधन गर्न अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता लोकेन्द्र विष्ट मगर दाङ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई