२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीको बलानविहुलमा राजपाको सदस्यता वितरण हुँदै: नेता गगन

२०७५, २ पुष सोमबार १५:०७

पुष २, सप्तरी । सप्तरीको सिमावर्ती बलान बिहुल गाउँपालिकामा राष्ट्रिय जनता पार्टी       (राजपा) नेपालले सदस्यता बितरण कार्यलाई तिब्रता दिएका छन् । राजपा नेपालका गाउँपालिका अध्यक्ष अमित कुमार गोईत (गगन) ले सदस्यता बितरण कार्यलाई तिब्रता दिएको जानकारी दिएका छन् । उनले भने “गाउँपालिकामा ४ हजार सदस्यता बितरण गर्ने योजना छ, सोही अनुरुप टोल–टोलमा गएर सदस्यता बितरण र पुराना सदस्यता नविकररण गर्ने काम भईरहेको छ ।” 

मधेसी, दलित, महिला, थारु, मुस्लिम, आदिबासी, जनजाती र अपाङ्ग लगायतका समुदायको मागलाई राजपा नेपालले मात्र सम्बोधन गराउन सक्ने भन्दै उनले नव प्रवेशीहरुलाई सदस्यता दिईरहेका छन् । मधेस आन्दोलनमा अहम भूमिका खेलेका अध्यक्ष गाईतले नव प्रवेशीहरुलाई अबिरमाला लगाई पार्टी प्रवेश समेत गराइरहेका छन् । आगामी बैशाखमा हुने महाअधिवेशनको लागि पार्टीको केन्द्रिय निति अनुरुप सदस्यता बितरण गर्ने काम भईहरहेको उनले बताए । 

फरक प्रसङ्गमा अध्यक्ष गोईतले संघिय सरकारको रवैयाप्रति आक्रोश व्यक्त गरेका छन् । उनले संबिधान संशोधन नभएसम्म आफ्नो पार्टी सरकारमा जाने कुनै सम्भवना नरहेको बताए । मधेसको माग सम्बोधन गर्न राष्ट्रिय आन्दोलनको खाँचो रहेको भन्दै उनले त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । राज्य सत्ता परिवर्तनको जिम्मा युवाहरुको कांधमा आएको बताउँदै उनले जनताको हातमा राज्य सत्ता नआएकोले क्रान्तिको जरुरी रहेको दाबी गरे । नेता गगनले राष्ट्रको मुल प्रवाह बनेर समाजवाद स्थापना गर्नमा युवाहरुलाई अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे । 

बर्तमान अबस्थामा मधेश र मधेशीको पार्टी राजपा मात्र रहेकोले जनताको माइन्डेड विना सरकारमा जान नसकिने उल्लेख गर्दै नेता गगनले जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन् । उनले सिंहदरबारको अधिकार गाउँमा आएको भनिएपनि केन्द्र सरकारको कारणले अझै जनताले संघियताको स्वाद लिन नसकेकाले राजपाले मधेशको अधिकार लिएरै छाड्ने विश्वास व्यक्त गरे । बिकासको हिसाबले जिल्लामै पछाडी रहेका बलान बिहुल गाउँपालिकामा भईरहेको बिकास निर्माणका कामहरुमा राजपाले खबरदारी गर्ने समेत नेता गगनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा