२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीको बलानविहुलमा राजपाको सदस्यता वितरण हुँदै: नेता गगन

२ पुष २०७५, सोमबार १५:०७

पुष २, सप्तरी । सप्तरीको सिमावर्ती बलान बिहुल गाउँपालिकामा राष्ट्रिय जनता पार्टी       (राजपा) नेपालले सदस्यता बितरण कार्यलाई तिब्रता दिएका छन् । राजपा नेपालका गाउँपालिका अध्यक्ष अमित कुमार गोईत (गगन) ले सदस्यता बितरण कार्यलाई तिब्रता दिएको जानकारी दिएका छन् । उनले भने “गाउँपालिकामा ४ हजार सदस्यता बितरण गर्ने योजना छ, सोही अनुरुप टोल–टोलमा गएर सदस्यता बितरण र पुराना सदस्यता नविकररण गर्ने काम भईरहेको छ ।” 

मधेसी, दलित, महिला, थारु, मुस्लिम, आदिबासी, जनजाती र अपाङ्ग लगायतका समुदायको मागलाई राजपा नेपालले मात्र सम्बोधन गराउन सक्ने भन्दै उनले नव प्रवेशीहरुलाई सदस्यता दिईरहेका छन् । मधेस आन्दोलनमा अहम भूमिका खेलेका अध्यक्ष गाईतले नव प्रवेशीहरुलाई अबिरमाला लगाई पार्टी प्रवेश समेत गराइरहेका छन् । आगामी बैशाखमा हुने महाअधिवेशनको लागि पार्टीको केन्द्रिय निति अनुरुप सदस्यता बितरण गर्ने काम भईहरहेको उनले बताए । 

फरक प्रसङ्गमा अध्यक्ष गोईतले संघिय सरकारको रवैयाप्रति आक्रोश व्यक्त गरेका छन् । उनले संबिधान संशोधन नभएसम्म आफ्नो पार्टी सरकारमा जाने कुनै सम्भवना नरहेको बताए । मधेसको माग सम्बोधन गर्न राष्ट्रिय आन्दोलनको खाँचो रहेको भन्दै उनले त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । राज्य सत्ता परिवर्तनको जिम्मा युवाहरुको कांधमा आएको बताउँदै उनले जनताको हातमा राज्य सत्ता नआएकोले क्रान्तिको जरुरी रहेको दाबी गरे । नेता गगनले राष्ट्रको मुल प्रवाह बनेर समाजवाद स्थापना गर्नमा युवाहरुलाई अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे । 

बर्तमान अबस्थामा मधेश र मधेशीको पार्टी राजपा मात्र रहेकोले जनताको माइन्डेड विना सरकारमा जान नसकिने उल्लेख गर्दै नेता गगनले जनताले अधिकार नपाएसम्म अधिकार प्राप्तिका लागि संघर्ष जारी रहने बताएका छन् । उनले सिंहदरबारको अधिकार गाउँमा आएको भनिएपनि केन्द्र सरकारको कारणले अझै जनताले संघियताको स्वाद लिन नसकेकाले राजपाले मधेशको अधिकार लिएरै छाड्ने विश्वास व्यक्त गरे । बिकासको हिसाबले जिल्लामै पछाडी रहेका बलान बिहुल गाउँपालिकामा भईरहेको बिकास निर्माणका कामहरुमा राजपाले खबरदारी गर्ने समेत नेता गगनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन