2026-07-24 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एमाओबादीको ५ नम्बर प्रदेशको बैचारीक राजनैतीक प्रशिक्षण दाङमा सुरु

सन्तोषकुमार गुप्ता । दाङ्ग २५ पुस । एकीकृत नेकपा माओबादी पाँच नम्बर प्रदेशको बैचारीक राजनैतीक प्रशिक्षण कार्यक्रम दाङको घोराहीमा सुरुभएको छ । घोराही स्थित गणेश चित्रालय हलमा आजबाट सुरुभएको प्रशिक्षण कार्यक्रम तीन दिन सम्म चल्ने भएको छ ।

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिब कृष्णबहादुर महरा, नेता लोकेन्द्र बिष्ट लगाएकता नेताहरुको उपस्थिती रहेको छ । उक्त प्रशिक्षण कार्यक्रममा थारुवान, अबध, मगरात क्षेत्रमा नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । प्रस्ताबित ५ नम्वर प्रदेशको प्रदेश समितिको बैठक तथा केन्द्रीय समितिले लिएका निर्णयहरुबारे नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने उदेश्य र पार्टीलाई बलियो कसरी बनाउने भन्ने बिषयमा छलफल हुने माओबादीका जिल्ला उपाध्यक्ष निर्मल आचार्यले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा १४ जिल्लाका नेता तथा कार्यकर्ताहरु सहभागि भएका छन् । पछिल्लो समयमा पार्टी टुक्रिदै जानु र जनविश्वास समेत गुम्दै गएको अबस्थामा पार्टीलाई सुदृढ र बलियो कसरी बनाउने भन्ने बिषयमा व्यापक छलफल हुने सो पार्टीले जनाएको छ ।

साथै संबिधान जारी पछि उत्पन्न परिस्थीतीको निकास, संविधानको कार्यान्वयन, बिकास, शान्ति र शुसासनमा पार्टीको भुमिकाका बिषयमा पनि छलफल हुने माओबादीले जनाएको छ । प्रचण्डले आईतबार क्रान्तिकारी पत्रकार संघ दाङको जिल्ला सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक