२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा भुकम्प स्मृति दिवस मनाईयो

१२ बैशाख २०७३, आईतवार १५:३३

earthquake Okhaldhunga
पूर्णप्रसाद न्यौपाने । बैशाख १२, ओखलढुंगा । महाविनासकारी भूकम्प गएको एक वर्ष पुरा भएको दिन
आज ओखलढुंगामा भुकम्प स्मृति दिवस मनाईएको छ । गत वर्ष आजकै दिन गएको विनाशकारी महाभूकम्पबाट भएको
क्षतिको सम्झना गर्दै विभिन्न सघ संस्थाको सहयोग एवम् जिल्ला दैवीक प्रकोप उद्धार समितिको आयोजनामा
चेतनामुलक कार्यक्रमका गरी भुकम्प स्मृति दिवस मनाईएको हो ।

दिवसको अवसरमा आज विहान सदरमुकाममा
र्याली निकालीएको थियो । सदरमुकाम स्थित खाद्यसंस्थानको गोदम परिषरबाट सुरु भएको भुकम्प सम्बन्धी
चेतानामुलक प्लेकार्ड तथा उद्धार सामाग्रि सहितको र्याली नगरपरिक्रमा गरी लोकतान्त्रिक चोकमा पुगेर
कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै सबैजसो वत्ताहरुले भूकम्प गएको एकवर्ष भईसक्दा पनि
सरकारले पीडितको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका थिए । कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला
अधिकारी एकदेव अधिकारीले अब पीडितहरु धेरै प्रतिक्षामा बस्न नसक्ने भन्दै पुननिर्माणको काम दु्रतगतीमा
गर्नेपर्ने बताउनुभयो । भूकम्पको विपत् सामाना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै प्रजीअ अधिकारीले
पुननिर्माणमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको
अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिस उद्धव प्रसाद भट्राई जिल्ला प्रहरी प्रमुख प्रहरी नायव
उपरीक्षक दिपेन्द्र शाह लगाएतका जिल्ला स्थितका सरकारी तथा गैह्र सरकारी संघ संस्था तथा कार्यालयका
प्रमुख, प्रतिनिधि, सुरक्षाकर्मी, राजनीतीकर्मी, सञ्चारकर्मी, पत्रकार, नागरिकसमाज, स्थानिय लगायतको
उल्लेख्य सहभागिता रहेको थियो । केहि दिन अघि बसेको जिल्ला दैवीक प्रकोप उद्धार समितिको बैठकले आज भोली
र पर्सि विभिन्न कार्यक्रम गरि जिल्लामा भूकम्प स्मृती दिवस मनाउने निर्णय गरेको थियो । जिल्लाका
विभिन्न ठाँउमा सरकारी तथा गैरसरकारी निकायहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरि दिवस बनाएको हाम्रा
स्थानिय संवादाताहरुले जनाएका छन् ।

मृत्यु भएकोको सम्झनामा दिप प्रज्वलन

यसैविच भूकम्पमा
परि मृत्यु भएकोको सम्झनामा केहि समय अघि ओखलढुंगामा दिप प्रज्वलन गरिएको छ । गत वर्षको भूकम्पमा परि
ज्यान गुमाएकाहरुको सम्झना तथा श्रद्धाञ्जलीका लागि केहि समय अघि स्थानिय लोतान्त्रीक चौक आयोजीत
स्मृतिसभामा दिप प्रज्वलन गरिएको हो । भूकम्पमा ज्यान गुमाएको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको
थियो । मौन धारण पछि उपस्थित सबैले दिप प्रज्वलन गरेका थिए । भूकम्पका कारण जिल्ला भित्रै र बाहिर गरेर
ओखलढुंगाका पनि ५० जना भन्दा बढिको ज्यान गएको थियो । भने देशभरका सयौँ नागरिकले अकालमै ज्यान गुमाएका
थिए । उनिहरुको सम्झनामा आयोजीत दिप प्रज्वलन कार्यक्रममा सरकारी तथा गैह्र सरकारी संघ संस्था तथा
कार्यालयका प्रमुख, प्रतिनिधि, सुरक्षाकर्मी, राजनीतीकर्मी, सञ्चारकर्मी, पत्रकार, नागरिक समाज, स्थानिय
लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

यता भूकम्प गएको आज एक वर्ष पुगेपनि आवश्यक राहत नपाएको
भन्दै ओलखढुंगाका पीडितहरुले दुःख व्यक्त गरेका छन् । ओखलढुंगामा विपत्पछि तत्काल राहत र उद्धारका
कामहरु भएपन दिर्गकालीन व्यवस्थापन र पुननिर्माणको काम भने सुरु समेत नहुँदा सरकारले आफुहरुको पिडा
नबुझेको पीडितहरुको गुनासो छ । भने भूकम्प पिडितको आवश्यक तथ्याङक र अख्तीयारी प्राप्त नहुँदा
ओखलढुंगाका भूकम्प पिडितलाई अनुदार रकम वितरणमा समस्या भएको छ । आज रुम्जाटारबाट अनुदान रकम वितरण गर्ने
भनिएको भएपनि अख्तीयारी प्राप्त नहुँदा योजना प्रभावित भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य