2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा भुकम्प स्मृति दिवस मनाईयो

earthquake Okhaldhunga
पूर्णप्रसाद न्यौपाने । बैशाख १२, ओखलढुंगा । महाविनासकारी भूकम्प गएको एक वर्ष पुरा भएको दिन
आज ओखलढुंगामा भुकम्प स्मृति दिवस मनाईएको छ । गत वर्ष आजकै दिन गएको विनाशकारी महाभूकम्पबाट भएको
क्षतिको सम्झना गर्दै विभिन्न सघ संस्थाको सहयोग एवम् जिल्ला दैवीक प्रकोप उद्धार समितिको आयोजनामा
चेतनामुलक कार्यक्रमका गरी भुकम्प स्मृति दिवस मनाईएको हो ।

दिवसको अवसरमा आज विहान सदरमुकाममा
र्याली निकालीएको थियो । सदरमुकाम स्थित खाद्यसंस्थानको गोदम परिषरबाट सुरु भएको भुकम्प सम्बन्धी
चेतानामुलक प्लेकार्ड तथा उद्धार सामाग्रि सहितको र्याली नगरपरिक्रमा गरी लोकतान्त्रिक चोकमा पुगेर
कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै सबैजसो वत्ताहरुले भूकम्प गएको एकवर्ष भईसक्दा पनि
सरकारले पीडितको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका थिए । कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला
अधिकारी एकदेव अधिकारीले अब पीडितहरु धेरै प्रतिक्षामा बस्न नसक्ने भन्दै पुननिर्माणको काम दु्रतगतीमा
गर्नेपर्ने बताउनुभयो । भूकम्पको विपत् सामाना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै प्रजीअ अधिकारीले
पुननिर्माणमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको
अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिस उद्धव प्रसाद भट्राई जिल्ला प्रहरी प्रमुख प्रहरी नायव
उपरीक्षक दिपेन्द्र शाह लगाएतका जिल्ला स्थितका सरकारी तथा गैह्र सरकारी संघ संस्था तथा कार्यालयका
प्रमुख, प्रतिनिधि, सुरक्षाकर्मी, राजनीतीकर्मी, सञ्चारकर्मी, पत्रकार, नागरिकसमाज, स्थानिय लगायतको
उल्लेख्य सहभागिता रहेको थियो । केहि दिन अघि बसेको जिल्ला दैवीक प्रकोप उद्धार समितिको बैठकले आज भोली
र पर्सि विभिन्न कार्यक्रम गरि जिल्लामा भूकम्प स्मृती दिवस मनाउने निर्णय गरेको थियो । जिल्लाका
विभिन्न ठाँउमा सरकारी तथा गैरसरकारी निकायहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरि दिवस बनाएको हाम्रा
स्थानिय संवादाताहरुले जनाएका छन् ।

मृत्यु भएकोको सम्झनामा दिप प्रज्वलन

यसैविच भूकम्पमा
परि मृत्यु भएकोको सम्झनामा केहि समय अघि ओखलढुंगामा दिप प्रज्वलन गरिएको छ । गत वर्षको भूकम्पमा परि
ज्यान गुमाएकाहरुको सम्झना तथा श्रद्धाञ्जलीका लागि केहि समय अघि स्थानिय लोतान्त्रीक चौक आयोजीत
स्मृतिसभामा दिप प्रज्वलन गरिएको हो । भूकम्पमा ज्यान गुमाएको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको
थियो । मौन धारण पछि उपस्थित सबैले दिप प्रज्वलन गरेका थिए । भूकम्पका कारण जिल्ला भित्रै र बाहिर गरेर
ओखलढुंगाका पनि ५० जना भन्दा बढिको ज्यान गएको थियो । भने देशभरका सयौँ नागरिकले अकालमै ज्यान गुमाएका
थिए । उनिहरुको सम्झनामा आयोजीत दिप प्रज्वलन कार्यक्रममा सरकारी तथा गैह्र सरकारी संघ संस्था तथा
कार्यालयका प्रमुख, प्रतिनिधि, सुरक्षाकर्मी, राजनीतीकर्मी, सञ्चारकर्मी, पत्रकार, नागरिक समाज, स्थानिय
लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

यता भूकम्प गएको आज एक वर्ष पुगेपनि आवश्यक राहत नपाएको
भन्दै ओलखढुंगाका पीडितहरुले दुःख व्यक्त गरेका छन् । ओखलढुंगामा विपत्पछि तत्काल राहत र उद्धारका
कामहरु भएपन दिर्गकालीन व्यवस्थापन र पुननिर्माणको काम भने सुरु समेत नहुँदा सरकारले आफुहरुको पिडा
नबुझेको पीडितहरुको गुनासो छ । भने भूकम्प पिडितको आवश्यक तथ्याङक र अख्तीयारी प्राप्त नहुँदा
ओखलढुंगाका भूकम्प पिडितलाई अनुदार रकम वितरणमा समस्या भएको छ । आज रुम्जाटारबाट अनुदान रकम वितरण गर्ने
भनिएको भएपनि अख्तीयारी प्राप्त नहुँदा योजना प्रभावित भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई