चिसाङ शेर्पा | पुस ३, खोटाङ | मानसिक सन्तुलन गुमाएकी छितापोखरीकी रमिला तामाङको उद्धार गरिएको छ । विगत दुई वर्षदेखी मानसिक रोगकी शिकार बनेकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी वास्थलाकी स्थानीय ३३ वर्षीया तामाङलाई उद्धार गरिएको हो ।

मानसिक सन्तुलन गुमाएको थाहा पाएपछि केही समय अगाडी उपचारका लागि धरान लगिए पनि उपचार हुन नसक्दा घरमा ल्याएर गाउँ समाज मिलेर बन्धक बनाईएकी पीडितलाई गाउँपालिकाले उद्धार गरेको छ । चारैतिर जाली र काठको कोठा बनाई दिशापिसाब एकै ठाउँमा गर्नेगरी बन्धक बनाएको उनको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मंगलबार गाउँपालिका प्रमुख भुपेन्द्र राईको नेतृत्वमा उद्धारगरी थप उपचार गराउन परिवारसहित उनी दिक्तेलमा आईपुगेका छन् । बुधबार(आज) उनलाई उपचार गराउन राजधानी ल्याईने भएको छ ।

धरान उपचारमा लैजाँदा उपचार हुन नसकेको अनि घरमा नै फर्काएको भन्ने स्थानीयको प्रारम्भिक भनाई छ । ‘गाउँमा उनले खुकुरी बोक्ने, भाडाकुंडा बोकेर हिड्ने, गाईगोरु खोलिदिने, केटाकेटीलाई लखेट्ने,पिट्ने, अपशब्द बोल्ने र अन्ततः उनकै जीबन जोखिम हुने भएकाले गाउँले मिलेर बन्धक झै बनाएका रहेछन् ।’ गाउँपालिका प्रमुख राईले भने, “अब भने गाउँपालिकाले उपचारमा सहयोग गर्नेगरी उद्धार गरेका छौ ।” उनको श्रीमान भने खेतीकिसान गर्दै आएका छन् । १ छोरा र १ छोरीकी आमालाई उपचार गर्न राजधानी लैजानका लागि गाउँपालिकाले दश हजार आर्थिक सहयोग गरेको छ । उनको उपचारमा लाग्ने बाँकी खर्च समेत गाउँपालिकाले ब्यहोर्ने छ ।

तस्वीरमा: मानसिक सन्तुलन गुमाएकी रमिलाका आफन्तलाई सहयोग रकम प्रदान गर्दै गाउँपालिका प्रमुख भुपेन्द्र राई |

December 18, 2018
खोटाङ्ग - KTG, समाज
मानसिक सन्तुलन गुमाएकी रमिलाको उद्धार
By साझासवाल
4 मिनेट पढाइ