2026-09-08 03:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कच्चे गाउँ मुगुको पहिलो मानव अधिकारमैत्री गाउँ घोषणा

नन्द बहादुर रोकाया | पुस ४, मुगु | मुगु जिल्लाको उत्तरी सोरुगाउँपालीका वडा नं ८ कच्चे गाउँ मुगु जिल्लाको पहिलो मानवअधिकारमैत्री गाउँ घोषणा भएको छ। एक्सनर्वक नेपाल तथा किर्डाक नेपालको सहयोग तथा सोरु गाउँपालीकाको आयोजनामा सोरुगाउँपालीका ८ कच्चे गाउँलाई पहिलो मानवमैत्री गाउँ घोषणा गरिएको हो । 

मानव अधिकारका विभिन्न २० वटा सूचक पूरा गरेको जनाउँदै कच्चे गाउँलाई  मंगलबार एक औपचारी कार्यक्रमको आयोजना गरी मानव अधिकारमैत्री गाउँ घोषणा गरिएको छ । घरघरमा मानव अधिकार शान्ति र विकासको आधार’ भन्ने नाराका साथ संघीय संरचनापछि कच्चे गाउँ मुगु जिल्लका चार स्थानीय तह र ४५ वडा मध्ये  पहिलो मानव अधिकारमैत्री गाउँ बन्न सफल भएको छ । ६४ घरधुरी रहेको कच्चे गाउँमा बालविवाहमुक्त, बालश्रममुक्त, खुला दिसामुक्त तथा पूर्ण सरसफाइयुक्त छ ।अनिवार्य तथा आधारभूत शिक्षामा पहुँच पुगेको, विद्यालय शान्ति क्षेत्र, साक्षर, पूर्ण जन्मदर्ता र पूर्ण खोपयुक्त, स्वास्थ्य संस्थाबाट निस्शुल्क औषधि पाएको, सबै घरमा करेसाबारी, धूवाँरहित चुलोलगायतले मानव अधिकारमैत्री घोषणा गरिएको सोरुगाउँपालीका वडा नं ८ का वडा अध्यक्ष जनक बहादुर रावलले बताए। सबै खालको विभेद अन्त्य भएको र मुगु जिल्लको एक नमुना गाउँका रूपमा विकास गरेकाले कच्चे बासीको यो उदारणिय सिकाई अन्य गाउँ तथा नगरले सिक्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख पुर्ण बहादुर रोकायाले बताए । समाजमा छुवाछुत, अन्तरजातीय विवाह गर्दा समाजमा छिछि र दुरदुर गरेको सुनाउँदै पुरातन चेतनाबाट समाज माथि उठ्न सकेमात्र यस्को सार्थकता हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ