पुस ४, काठमाडौं | आज नेपाली बजारमा सुनको मूल्य घटेको छ |
मंगलबार प्रतितोला ५९ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ६ सयले घटेर प्रतितोला ५८ हजार ८सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज तेजाबी सुन ५८ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै सुन आज ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको भाउ रु ५ घटेको हो |