सन्तोषकुमार गुप्ता, पुस २७, भालुवाङ । लालमटिया—५ स्थीत हाम्रो बचत तथा ऋण सहकारी संस्थाको आठौँ बार्षिक साधारणसभा शनिबार देउखुरीको मौरीघाटमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता एवम् राप्ती उद्योग बाणिज्य संघका कोषाध्यक्ष युवराज भुसालको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका सह—सचिव डम्मरबहादुर जिसीले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रेमनारायण भुसालले आर्थिक बर्ष २०७१÷०७२ को ५६ लाख ८१ हजार ९ सय ३७ रुपैयाँ ९० पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका शेयर सदस्य इन्द्प्रसाद चौधरकिो स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा बोल्ने बक्ताहरुले बैंक सम्मका पहुच नभएका आमनागरिकहरुका लागि सहकारी बरदानको रुपमा सावित भएको बताउका थिए । सहकारी संस्थाकै कारण समान्य नागरिकहरु पनि पछिल्लो समयमा उद्यमी बन्न भएको बताएका थिए ।
सो अवसरमा उत्कृष्ट बाल बचतकर्ता पुष्कर रिजाल, असल ऋणी तिलकराम बली र असल मासिक बचतकर्ता जीवराज शर्मालाई सम्मान समेत गरेको थियो । साधारणसभामा हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बामदेव चौधरी, महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सचिव हिमानन्द पाण्डे, भिकृटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी गौरा सारुमगर, पत्रकारहरु सन्तोषकुमार गुप्ता, बिदुर एमसी र ओमप्रकाश गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कार्य समिती सदस्य बीरबहादुर चौधरीले गरेका थिए ।