पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>कृष्ण बिष्ट | पुस ४, बैतडी | </b>बैतडीमा मदिरा सेवनका कारण एक जानाको मृत्यु भएको छ । जिल्लाको डिलासैनि गाउपालिका वडा नं ७ स्थित कुयातालीका ४५ वर्षीय राम दत्त जोसीको मदिरा सेवनका कारण मृत्यु भएको हो । <br></p><p>मदिरा सेवन गरी मंगलबार राती ९ बजे स्थानिय हरीनगर बजार देखि हिनेका जोसी बुधबार बिहान बेहोस अवस्थामा भेटिएपछि अस्पताल लैजादै गर्दा मृत्यु भएको गोकुलेश्वर प्रहरी चौकिका प्रहरी निरीक्षक दिलिप सिह कार्कीले जानकारी दिनुभयो । </p><p>उहाका अनुसार केहि दिन पहिले छरछिमेकमा बिबाद भएको बुझीएाके छ । सोहि बिवाद पश्चात मदिरा सेवन गरेको हुन सक्ने बुझीएको छ । मृतक जोसीका श्रीमती २ छोरा र एक छारी छन । </p>

