पढ्न करिब 1 मिनेट लाग्छ

चिसाङ शेर्पा | पुष ४, खोटाङ | खोटाङको सप्तेश्वर छितापोखरीमा विजुली वत्ती वलेको छ । सदियौंदेखी अध्याँरोमा बस्दै आएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ स–छितापोखरीका स्थानीयको घरघरमा विजुली वत्ती बलेको हो ।

सामुदायिक विधुतीकरण र गाउँपालिकाको सहकार्यमा जडान गरिएको विजुली वत्तीको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बुधबार उद्घाटन गरेका छन् । वडाको ४ सय ४३ घरधुरीमा विजुली वत्ती वाल्ने योजना अनुसार आज २ सय ९ घरमा वत्ती वलेको छ । बाँकी घरमा हाउस वयरिङ भईरहेको र लाईन पुग्ने केही स्थानमा रुखहरु फडाँनी ‐बुस कटिङ) गर्नुपर्ने भएकाले केही समयपछि बाँकी घरहरुमा पनि विजुली वत्ती बल्नेछ ।

विजुली वत्ती वलेपछि स्थानीयलाई दैनिक कामकाज गर्नमा सहजता आउने अनुमान गरिएको छ । टुकी तथा सोलार वत्ती वाल्दै आएका स्थानीयको घरमा विजुली वत्ती बल्दा आफूहरु हर्षित भएको स्थानीयवासीहरुको भनाई छ । यससँगै उक्त गाउँपालिकाको बतासेसहित अन्य केही भूभागमा विजुली वत्ती वल्न बाँकी रहेको छ ।