2026-09-14 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

बैतडीमा दार्चुला र बैतडी हेर्नेगरी स्वास्थ्य कार्यालय स्थापना

कृष्ण बिष्ट | पुस ५, बैतडी | बैतडी र दार्चुला कार्यक्षेत्र रहने गरी बैतडीमा सामाजिक बिकास मन्त्रालय अन्र्तगत प्रदेश सरकार मातहतामा रहने गरी स्वास्थ्य कार्यालय बैतडीको स्थापना गरिएको छ । कार्यलयको आज सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले उद्धघाटन गर्नु भएको हो । बैतडीमा स्थापना भएको स्वास्थ्य कार्यलयले दार्चुला र बैतडीको आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यालयका प्रमुख निशा जोशीले जानकारी दिनुभयो । 

उद्घाटनका कार्यक्रमका  प्रमुख अतिथि एवमं सामाजिक विकास मन्त्री कृष्ण राज सुबेदीले बैतडी जिल्लामा स्थापना गरीएको स्वास्थ्य कार्यालयले समन्वयकारी भुमिका निर्बाह गर्ने बताउनुभयो । सुदुरश्चिम प्रदेश सम्रग स्वास्थ्य क्षेत्रका कमजोर रहेको उल्लेख गर्दै उहाले स्वास्थ्य क्षेत्रका जिम्मेवार ब्याक्ती तथा संस्थानले कटीबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि एबंम प्रदेश सासंद प्रेम प्रकाश भट्टले कुनै बेला देशकै छैटौ नम्बरमा पर्न सफल स्वास्थ्य चौकीको रुपमा रहेको जिल्ला स्वास्थ्य कार्यालय अहिले कर्मचारी अभावले गर्दा अस्तब्यस्त भएको बताउनुभयो । देश सघिंयतामा गए पछि पहाडी जिल्लामा कर्मचारी आउन नमान्ने भएकोले अहिले यो अबस्था आएको पनि उहाको भनाई छ । 

यस्तै सामाजिक बिकास मन्त्रालयबाट बैतडी जिल्लामा मात्रै स्वास्थ्य क्षेत्रमा रु १६ करोड भन्दा बढी बजेट आएको सासंद लिलाधर भट्टले बताउनुभयो । जसमध्ये जिल्ला अस्पताललाई ब्यस्थित र नमुना अस्ताल बनाउनको लागी रु ५० लाख , जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाको लागी रु ३० लाख, दशरथचन्द नगरपालिकाको स्वास्थ्य सुधारका लागी रु १८ लाख लगायत प्रत्येक स्थानिय तहहरुमा १२ देखि १८ लाखका दरले सामाजिक बिकास मन्त्रालयबाट बिनियोजन गरिएको उहाको भनाई छ । 

कार्यक्रममा स्वास्थ्य कार्यालयकी प्रमुख निशा जोशीले सम्रगमा बैतडी जिल्लाको स्वास्थ्य अबस्थाको जानकारी गराउनु भएको थियो । जस अनुसार बैतडीमा ६५ बर्थिङ सेन्टर, ६१ ओटा सुरुक्षित प्रसुती केन्द्र , परिवार नियोजनको आधुनिक साधनहरु बितरण गर्ने स्वास्थ्य सस्ंथाहरु २७ ओटा रहेको बताउनु भयो । बैतडी जिल्लामा अहिले एचआईभि पोजेटिभ २०७ जना रहेको मध्ये १११ जनाले मात्रै एआरटी सेवा लिईरहेको उल्लेख गर्नु भयो ।

जिल्ला समन्वय समिति बैतडीका सभापति शिद्धराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय तहका प्रमुख तथा प्रतिनिध, बिभिन्न कार्यलयका कार्यलय प्रमुख, बिभिन्न राजनैतिक दल, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले