२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

घरेलु उद्योगजस्तै कारागार

५ पुष २०७५, बिहीबार ०६:११

पुस ५, चितवन  (रासस) | आपराधिक गतिविधिमा संलग्न भइ कैद सजाय भोग्दै आएका यहाँका कैदीले कारागारलाई घरेलु उद्योगजस्तै बनाएका छन् । लामो समय कैद भुक्तान गरिरहेका र पारिवारिक अवस्था कमजोर भएका अधिकांश कैदी हस्तकलाका सामग्री बनाउन व्यस्त देखिन्छन् । 

कारागारभित्र कैदीले बाँस काट्दै गरेका, डोरी तान्दै गरेका र मुढा बुन्दै गरेको देख्न सकिन्छ । यस्तै सिलाइकटाइ, सुनचाँदीको गहना, झोला र टोपी निर्माण तथा बत्ती कात्दै गरेका पनि हुन्छन् तर अधिकांश भने व्यावसायिक रुपमै मुढा बुन्दै गरेका पाइन्छन् । यहाँको मुढाले स्वदेशका विभिन्न भागका साथै तिव्बतसम्मको बजार फैलाएकाले पछिल्लो समय उत्पादनभन्दा माग बढेपछि पूर्ति गर्न धौधौ पर्ने गरेको छ । 

अघिल्ला अघिल्ला वर्षमा महीनाको तीन हजार मुढा बजारमा जाँदा धानिएको बजार अहिले महीनाको पाँच हजार जाँदा पनि धान्न कठिन भएको कारागारभित्र काम गर्दै आउनुभएका प्रेम सुवेदीले बताउनुभयो ।

यहाँ उत्पादन भएका मुढा नेपालको पश्चिम क्षेत्रमा बढी मात्रामा जाने गरेको र अहिले झापामा मुढा उत्पादन कम भएसँगै यहाँको कारागारमा बनेका मुढाको माग बढेको उहाँले बताउनुभयो । पहिला सामान जाँदैन कि भनेर उत्पादन कम गरिन्थ्यो अहिले माग बढेर उत्पादनले धान्न नसकेको सुवेदीले बताउनुभयो । 

अहिले कारागारमा मुढा बुन्न ३०० जनाले रोजगारी पाइरहेका र उनीहरूमध्ये झण्डै आधाले त्यहीको कमाइले आफ्नो घर खर्च धान्दै आएका छन् । कारागारमा घरेलु उद्योग गर्नेको सङ्ख्या ३७० भएकामा अल्पकालीन र दीर्घकालीन रूपमा मुढा बुन्नकै लागि ३०० भन्दा बढी कैदी प्रयोग हुँदै आएको छ । कारागारमा ६६४ कैदीबन्दी छन् । कारागारका प्रमुख कमलप्रसाद काफ्ले एक कैदीले दैनिक रु ५०० सम्म मुढा बुनेरै कमाउने गरेका छन् भन्नुभयो । 

अहिले कारागारमा रहेको ज्यान मुद्दा, गैँडाको खाग चोरीपैठारीजस्ता मुद्दाका कैदीले लामो समयसम्म कैद भोग्नुपर्ने र समयको सदुपयोगसँगै परिवार पाल्नकै लागि हस्तकलाको काम गर्ने गरेको उहाँले जानकारी दिनुभयो । मुढा बुन्ने काम गर्ने कैदीले मासिक रु तीन हजार देखि १५ हजारसम्म कमाइ गर्ने गरेका छन् । 

पदमपुरका शिव चौधरी छोरी पढाउन र घर खर्च चलाउनका लागि मुढा बुन्ने गरेको बताउनुभयो । विसं २०६२ मा गैँडा मुद्दामा कैद भुक्तान गर्न थालेदेखि नै नियमित यही काम गर्दै आउनुभएका उहाँले वृद्ध बुबाआमा, श्रीमती र छोरीको खर्च यहीबाट पु¥याएको उहाँले बताउनुभयो । चौधरीले एक महीनामा रु १० हजार कमाउँदै आउनुभएको छ । यस्तै लिलाबहादुर झाडीमगरले पनि मासिक रु सातदेखि आठ हजार मुढा बुनेर कमाइ गर्ने गरेको जानकारी दिँदै छोराहरूको बिहे भइसकेपछि श्रीमतीलाई खर्च पु¥याउनका लागि उहाँले कारागारमै मुढाको कम्पनी सञ्चालन गर्नुभएको र सो कम्पनीले दुई महीनामा तीन हजार मुढा बाहिर पठाउने गर्दछ । 

कारागारमा यस्ता पाँच कम्पनीले कैदीलाई ज्यालामा मुढा बनाउन लगाउने गर्दै आएको छ । यहाँ स्थानीय मुढादेखि भान्छाका लागि खानाखाने टेबल सेटसम्मका सामान रु तीन सयदेखि २२ हजारसम्ममा बिक्री हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो