२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एमाओबादीले ५ नम्बर प्रदेशको कार्यालय घोराहीमा खोल्ने

२७ पुष २०७२, सोमबार २०:३७

lag Maoistसन्तोषकुमार गुप्ता । पुस २८, दाङ । एकीकृत नेकपा माओवादीले ५ नम्बर प्रदेशको कार्यालय दाङको घोराहीमा स्थापना गरेर पार्टीको संगठन सञ्चालन गर्ने भएको छ । घोराहीमा आइतबार बसेको प्रदेश समितिको बैठकले प्रदेशको बीच भागमा पर्ने दाङमा कार्यालय स्थापना गर्ने निर्णय गर्दै पूर्वजनमुक्ति सेनाका पाँचौं डिभिजन कमाण्डर राजबहादुर बुढा ‘अविनाश’लाई कार्यालय सचिव तोकेको छ ।

अब यो प्रदेशअन्तर्गत १२ वटै जिल्लाको संगठन परिचालन दाङबाट हुने एकीकृत माओवादीले जनाएको छ । बैठकका निर्णय सार्वजनिक गर्न घोराहीमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । संविधानसभा र राज्यपुनर्संरचनाको बहस आफूहरुले उठाएकाउले यसको कार्यान्वायन पनि आफ्नो पार्टीले शुरु गरेको एकीकृत माओवादी स्थायी समिति सदस्य एवं ५ नम्बर प्रदेश इञ्चार्ज चक्रपाणी खनालले बताउनु भयो । मधेशी दलहरुसँग सहमति गर्दा आंशिकरुपमा सिमांकन हेरफेर हुनसक्ने भए पनि अब प्रदेश संरचना परिवर्तन नहुने निश्चित भएपछि आफूहरुले प्रादेशिक अभ्यास थालेको स्थायी समिति सदस्य खनालले जानकारी दिनु भयो ।

प्रदेशको बीच भागमा पर्ने भएकाले दाङमा बैठक गरी प्रदेश कार्यालय राखिएको जानकारी दिंदै उहाँले यो प्रदेशको बीच भागमा दाङ पर्ने भएकाले प्रादेशिक राजधानीका लागि उपयुक्त ठाउँ भएको बताउनु भयो । यसमा अन्य दल पनि सहमत प्रदेश स्तरको सरकारी कामकाज दाङबाटै शुरु गर्न सकिने उहाँको भनाई छ ।

सिमांकन गर्दा विभाजित भएको रुकुमको पूर्वी भेग र नवलपरासीको दाउन्ने पश्चिमको भेगमा छुट्टै जिल्ला संयोजन समिति गठन गरिएको पनि माओवादीले जनाएको छ । जसअनुसार अब माओवादीका ७७ वटा जिल्ला समिति रहने छन् । बैठकले जिल्ला इञ्चार्जहरु पनि तोकेको छ । दाङमा जीवन गौतम इञ्चार्ज र नारायणी शर्मा सहइञ्चार्ज रहेका छन् । बैठकले ‘राष्ट्रिय स्वाधीनताको रक्षाका लागि ब्यापक जनपरिचालन, बलियो जनसम्बन्धसहित सुदृढ संगठन हाम्रो अभियान’ भन्ने जेठ महिनासम्मको ६ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । बैठकले थारु, मधेशी र जनजातिहरुका जाजय माग सम्वोधन गरी समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य