२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बनेपाको पाउरोटी उद्योगमा सिल

५ पुष २०७५, बिहीबार ०८:२०

पुस ५, काभ्रेपलाञ्चोक | बनेपा नगरपालिका–८ बसपार्कस्थित शाक्य पाउरोटी उद्योगमा नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभाग डिभिजन कार्यालय धुलिखेलले सिल गरेको छ । स्थानीयवासी मीरा शाक्यले बिना अनुमति २०३३ सालदेखि उक्त उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । 

विभागबाट अनुमति नलिएको, पाउरोटी उत्पादन गर्न प्रयोग गरिएका सामग्री सरसफाइमा ध्यान नदिएको तथा केही खाद्य सामग्री कुहिएको अवस्थामा रहेको भेटिएकाले उत्पादन बन्द गराउन सिल गरिएको डिभिजन कार्यालयका खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो । उद्योगले विशेषगरी बनेपाका अधिकांश विद्यालयमा पाउरोटी पठाउने गरेको शाक्यले बताउनुभयो । 

अनुगमनका क्रममा सरसफाइमा ध्यान नदिँदा विद्यालयका बालबालिकामा अखाद्य वस्तु पठाएकाले पाउरोटी उत्पादन गर्ने भट्टीमा दुई वटा सिल गरिएको हो । सरसफाइ एवं कारखाना मापदण्डअनुसार व्यवस्थित गरी विभागबाट अनुमित लिएपछि मात्रै उद्योग सञ्चालन गर्न चेतावनी दिइएको छ । यसअघि डिभिजन कार्यालयको अनुगमन टोलीले गत मङ्सिर २४ गते अनुगमनका क्रममा बिना अनुमति तारादेवी गौतमले सञ्चालन गर्नुभएको नमोबुद्ध नगरपालिका–७ भकुण्डेस्थित विष्णु बेकरी क्याफे बन्द गरेको थियो । 

टोलीले भकुण्डेका तीन वटा हार्डवेयर पसलमा अनुगमन गर्दा ढक, तराजु अद्यावधिक नगरिएकाले अद्यावधिक नगरे बिक्री वितरण बन्द गर्ने चेतावनी दिएको थियो । साथै नमोबुद्ध नपास्थित भकुण्डे बजारका अन्य ११ वटा होटल–पसलमा अनुगमन गरी मूल्यसूची नराखेको, अन्तःशुल्कबाट अनुमति नलिएको, होटल–पसलमा सरसफाइको कमी, मदिरा र अन्य खाद्य पदार्थ एकै स्थानमा राखिएको पाएपछि होटल–पसल सञ्चालकलाई मापदण्डअनुसार सञ्चालन गर्न एक महीनाको समयसीमा दिई म्याद नाघेका पाँच हजार रुपैयाँ बराबरको कोक, पेप्सी, स्प्राइट पेयपदार्थ नष्ट गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा