२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कुटपिटबाट दाङमा एक युवकको मृत्यु

२०७२, २८ पुष मंगलवार ११:४१

पुस २८, दाङ । कुटपिटवाट घाइते एक जना व्यक्तिको पाँच दिन पछि उपचारका क्रममा मृत्यु भएको छ । श्रीगाउँ–४ थपगाउँ निवासी ४१ वर्षे ध्वजवहादुर केसीको स्थानीय युवाहरुको कुटपिटवाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

केसीलाई पुस २३ गते स्थानीय चारजना मदिरा सेवन गरेका यूवाहरुले कुटपिटगरी शक्त घाइते वनाएका थिए । घाईते केसीको उपचारका क्रममा मंगलवार विहान सवा १ बजे कोहोलपुर मेडिकल कलेज वाँकेमा मृत्यु भएको प्रहरीले बताएको छ ।

मदिरा सेवनगरेका युवाहरुको कुटपिटवाट मृतक केसीको टाउकोमा गंभिर चोट लागेको थियो । राप्ती अंचल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि केसीलाई कोहलपुर रेफर गरिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । श्रीगाउँ—४ थपगाउँमा रहेको कृष्ण केसीको किराना पसलमा पुस २३ गते मृतक केसी सहित पसल संचालक माथि स्थानीय चार जना यूवाहरुले कुटपिट गरेका थिए । कुटपिटमा सम्लग्न चार जना युवाहरुलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा श्रीगाउँ(५ सिमठाना निवासी प्रविण चौधरी, सुमन चौधरी, रमेशलाल महतो र सुमन खड्का रहेको प्रहरीले वताएको छ । पक्राउ परेका सबैको उमेर २० देखि २३ वर्ष सम्मको रहेको प्रहरीले वताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु