२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा धमाधम गाउँ तथा नगरपरिषद् हुँदै

२८ पुष २०७२, मंगलवार ११:०७

dang news

सन्तोषकुमार गुप्ता । दाङ २८ पुस । सांसद शारदा स्वर्णकारले स्रोतको पहिचान हुन नसक्दा स्थानीय तहको विकास हुन नसकेको बताउनुभएको छ । मंगलबार पुरन्धारा गाविसको दशौं परिषद्को उद्घाटन गर्दै सांसद स्वर्णकारले यस्तो बताउनुभएको हो ।

विकास निर्माण गर्ने निकाय तथा स्थानीयबासी बीच आवश्यक समन्वय तथा सम्पर्क हुन नसक्दा पनि विकास निर्माणका कार्यले तीब्रता नपाएको सांसद स्वर्णकारले बताउनुभयो । परिषद् उद्घाटन कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएकी सांसद स्वर्णकारले गाउँ परिषद्मा सबैको चित्त बुझाउने बहानाले मुर्तरुपमा विकास अगाडि बढाउन समस्या रहेको दावी गर्नुभयो । नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्दै सांसद स्वर्णकारले संविधान कार्यान्वयनको पक्षमा भारतले मधेशी दलहरुको प्रयोग गरी समस्या उत्पन्न गराएको दावी गर्नुभयो । संविधानले नेपाली जनतालाई न्याय दिएको भन्दै केही दल र व्यक्तिको स्वार्थमा संविधान फसेको बताउनुभयो ।

पुरन्धारा गाविस सचिव यामबहादुर केसीको अध्यक्षता तथा सांसद स्वर्णकारको प्रमुख आतिथ्यता तथा जिल्ला विकास समिति दाङका प्रतिनिधि दिलिपकुमार खत्रीको विशिष्ट आतिथ्यतामा परिषद् उद्घाटन गरिएको थियो । त्यस अवसरमा गाविस सचिव यामबहादुर केसीले आर्थिक वर्ष २०७३/०७४ को अनुमानित १ करोड ९७ लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । सचिव केसीले पूर्वाधार विकासतर्फ २३ लाख ९४ हजार, लक्षित वर्गअन्तर्गत कृषि क्षेत्रका लागि ५ लाख ७५ हजार, बालबालिकातर्फ ६ लाख, अपांगतर्फ १ लाख, पिछडा वर्गतर्फ ३० हजार, दलित, आदिवासी, जनजातितर्फ ४ लाख ७० हजार, जेष्ठ नागरिकतर्फ १ लाख, महिलातर्फ ४ लाख १० हजार बजेट बिनियोजन गरेको जानकारी गराउनुभएको थियो । त्यस्तै सामाजिक सुरक्षा भत्ता १ करोड २० लाख, दलित प्रोत्साहन भत्ता २० लाख, चालु निकासा ४ लाख ५८ हजार, आन्तरिक राजश्व ७ लाख गरी १ करोड ९६ हजार ७४ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । परिषद् उद्घाटन अवसरमा नेपाली काँग्रेसका जिल्ला सदस्य ओमबहादुर खड्का, टेकबहादुर वली, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सावित्रा विक, क्षेत्रीय अध्यक्ष प्रेमबहादुर खत्री, एकीकृत नेकपा माओवादीका भिमबहादुर वली, नेकपा क्रान्तिकारीका जिल्ला सदस्य छवि विक, राष्ट्रि«य जनमोर्चाका जिल्ला उपाध्यक्ष देवबहादुर विक, राप्रपा नेपाल क्षेत्रीय सदस्य ललित घर्ती, ईलाका वन कार्यालय पुरन्धाराका प्रमुख कमलप्रसाद पुन, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आइतबारे, मावि पदमपुरका शिक्षक पूर्णबहादुर केसीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लालबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाविसका मुखिया तिलक केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य