२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा सवारी साधनमा जनचेतनामुलक पोस्टर टाँस्दै ट्राफिक प्रहरी

२७ बैशाख २०७३, सोमबार १२:१९

prahari1पूर्णप्रसाद न्यौपाने, बैशाख २७, ओखलढुंगा । ओखलढुंगामा ट्राफिक प्रहरीले
सकृयता बढाएको छ । पछिल्लो समय सवारीको चाप र अनियमीतता गर्नेहरु बढेसँगै ट्राफिक प्रहरीले आफ्नो सकृयता
बढाएको हो ।

केहि महिना यता चेकजाँजमा कडाई गरेपछि राजश्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । भने
दुर्घटना जन्य घटनापनि शुन्यमा झरेका छन् । दुर्घटनाको जोखिमबारे चेतना हुँदा हुँदैपनि सवारी नियम पालना
नगर्नेहरु पनि बढेपछि सकृयता थप बढाउनु परेको ट्राफिक प्रहरी ईन्चार्ज कुमार फुयाँलले जानकारी दिनुभयो ।
उहाँका अनुसार ओखलढुंगामा सबैभन्दा धेरै सिट क्षमता भन्दा बढि यात्रु बोक्ने सवारी कारबाहिमा पर्ने
गरेका छन् ।

prahari2

मापसे गरेर तथा विनाहेल्मेट सवारी चलाउने,क्षमता भन्दा बढि यात्रु
बोक्ने,सवारी चालक अनुमती नबोक्ने लगाएतका सवारी नियम विपरित चल्ने सवारीलाई कारबाहि गर्ने गरिएको
ट्राफिक प्रहरी पोष्ट ओखलढुंगाले जनाएको छ । ओखलढुंगामा जिल्ला सदरमुकाम ओखलढुंगा,माथील्लो सगरमाथाको
प्रवेशद्धार टोक्सेल हर्कपुर,मानेभञ्ज्याङ लगाएतका स्थानमा ट्राफिक प्रहरीले दैनीक जसो सवारी चेकजाँच
गर्नेगरेको छ ।

prahari3

यसैविच ट्राफिक प्रहरीले ओखलढुंगामा सवारी साधनमा जनचेतनामुलक पोस्टर
टाँस्नेकाम गरेको छ । यात्राका क्रममा यात्रु र चालक दुवैलाई सवारी नियमबारे स्मरण गराउने र सवारी
दुर्घटना जन्य घटना न्यूनिकरण गर्ने उद्धेश्यले सवारी साधानमा चेतनामुलक सन्देश लेखिएका पोस्टर टाँसिएको
ट्राफिक प्रहरी जवान शिव कुमार काफ्लेले बताउनुभयो । तस्विरमा सवारी साधनमा पोस्टर टाँस्दै ट्राफिक
प्रहरी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली