Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भक्तपुरमा गुडिरहेको मिनि ट्रकबाट खसेर एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस ७, भक्तपुर | भक्तपुरमा गुडिरहेको मिनि ट्रकबाट खसेर शनिबार एक जनाको मृत्यु भएको छ | मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका वडा नं–९ नंखेलका गणेश ब्यान्जु रहेका छन् ।<br></p><p>अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिन्चोकमा मिनि ट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्यान्जुको खसेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो ।&nbsp;&nbsp;</p><p>प्रहरीले मिनि ट्रक नियन्त्रणमा लिएको तथा चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनिष खायमलीलाई पक्राऊ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।&nbsp;</p>