सन्तोषकुमार गुप्ता/ माघ १०, भालुवाङ । नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखाको यही माघ १७ गते नयाँ कार्य समिती चयन गर्न निर्वाचन हुने भएको छ ।
माघ १६ गते हुने ८ औँ उपशाखा सभा तथा तेस्रो अधिवेशनमा सर्वसहमतिको सम्भावना कम देखिए पछि निर्वाचनको मिति तय गरे संगै निर्वाचन प्रक्रिया समेत अगाडि बढाएको छ । उपशाखा सभापति गंगाराम भट्ठराईको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका मन्त्री मदन गौतमको बिशेष उपस्थीतिमा भएको बैठकले अगामी चार बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचनमा जाने निर्णय गरेको हो ।
बैठकले निर्वाचन सम्पन्न गर्न संस्थाको विधान अनुसार उपशाखाको निर्वाचनका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका मन्त्री मदन गौतमलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरेको छ । साथै माघ १६ गते शनिबार लालमटियाको रेडक्रस भवन मसुरियामा बिहान ११ बजे ८ औँ उपशाखा सभा तथा तेस्रो अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा उपशाखाका कार्य समिती सदस्यहरु बिन्दु ज्ञवाली, महेश रिजाल, शान्ता अधिकारी, शान्तराज शर्मा, महेश अधिकारी, समाजसेवी दोर्ण भुसाल, देवराज न्यौपाने र पत्रकार सन्तोषकुमार गुप्ता लगायतकाले आ—आफ्नो धारणा राखेका थिए । बैठकको सहर्जीकरण उपशाखाका सचिव प्रमोद पौडेलले गरेका थिए ।