२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै किशोरीमाथि अन्धाधुन्द छुरा प्रहार

२०७५, ९ पुष सोमबार ११:१०

पुस ९, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा छुरा प्रहारबाट एक किशोरी गम्भीर घाइते भएकी छन् ।

पर्सागढी नगरपालिका-१ मनवा बस्ने १८ वर्षीय सकुन्तला चौधरीलाई सोही नगरपालिका-२ को भटनीका १८ वर्षीय जयकिशोर चौधरीले छुरा प्रहार गरेका हुन् ।


विहान विद्यालय जान लागेको समयमा कुरेर बसेका जयकिशोरले सकुन्तलालाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने जयकिशोर पक्राउ परिसकेका छन् । सकुन्तल जनता उच्च माविमा कक्षा ११ मा अध्ययनरत छिन् | छुरा प्रहारबाट उनको तिघ्रामा सात इन्च गहिरो घाउ हुनुका साथै नाक र ओठमा पनि चोट लागेको छ।

घाउबाट अत्याधिक रक्तश्राव भएर गम्भीर घाइते शकुन्तालाको वीरगन्जस्थित नेसनल मेडिकल कलेजको सघन कक्षमा उपचार भइरहेको छ।

छुरा प्रहार गर्ने चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रहरीलाई दिएको बयानअनुसार सकुन्तला र जयकिशोरबीच प्रेम सम्बन्ध थियो । उनीहरु कक्षा ८ मा सँगै पढ्थे । सकुन्तलाले नै माया गर्छु भनेपछि कसैलाई थाहा नदिएर विहेसमेत गरेको दावी जयकिशोरको छ ।

जयकिशोर ट्रकमा हिंड्थे । तर, प्रेम सम्बन्धमा रहेका बेला सकुन्तलाले नै ट्रकमा हिंड्न नदिएको उनको दावी छ ।

पहिले आफैले माया गर्छु भनेर बिहेसमेत गरी पछि अर्कै केटासँग लागेपछि आक्रोशमा आफूले छुरा प्रहार गरेको बयानका क्रममा जयकिशोरले भनेका छन् । 

छुरा प्रहार गरेका जयकिशोरविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए