2026-09-13 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ द्वारा प्रशासकीय कार्यविधि विधेयक सर्वसम्मतिले पारित

पुष ९, खस्यौली (रासस) | प्रदेश नं ५ को प्रदेशसभाले आज प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पारित गरियोस् भन्ने प्रस्ताव गरेपछि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि सो विधेयक पारित भएको हो । यसअघि प्रदेशसभा नियमावली, २०७४ को नियम २१२ बमोजिम निमावलीको नियम निलम्बनको प्रस्ताव प्रदेशसभा सदस्य चेतनारायण आर्चायले राख्नुभएको थियो । 

मन्त्री केसीले प्रदेश नं ५ जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५, प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । त्यसअघि प्रदेशसभामा प्रदेश नं ५ प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ अन्तर प्रदेश बासिन्दा समान सुरक्षा, व्यवसाय र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सैद्धान्तिक छलफल भएको थियो । 

सो अवसरमा प्रदेश नं ५ प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य दामाकुमारी शर्माले मिडिया स्वतन्त्रका नाममा स्वच्छन्द हुन खोजेको उल्लेख गर्दै विधेयकमा अनुगमन र नियमनको व्यवस्था हुनुपर्ने बताउनुभयो । 

प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले जनताको सुसूचित हुने अधिकारलाई विधेयकले सुरक्षित गर्न खोजेको बताउनुभयो । प्रदेशसभा सदस्य रेवतीरमण शर्माले प्रसारण सम्बन्धमा बनेको ऐनले लोकतन्त्रलाई बलियो बनाउने तर्क गर्नुभयो । 

प्रदेश नं ५ अन्तर प्रदेश बासिन्दा समान सुरक्षा, व्यवसाय र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सहभागी हुँदै प्रदेशसभा सदस्य कल्पना पाण्डेले मधेशको हकमा आमाको नामबाट नागरिकता पाउने हक कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । यसअघि प्रदेश सभाका सदस्य विष्णु पन्थी, दीपेन्द्रकुमार अधिकारी र फखरुद्धिन खानले विशेष समयमा बोल्दै विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले