सन्तोषकुमार गुप्ता/ माघ १९, भालुवाङ्ग । नेपाली काँग्रेस दाङ्ग क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिका लागि हरिप्रसाद भुसालले उम्मेद्धारी घोषणा गरेका छन् । माघ २२ गते हुने १३ औँ क्षेत्रिय अधिवेशनका लागि भुसालले सभापति पदका लागि आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन् ।
भुसाल मंगलबार एक प्रेस विज्ञप्ती जारी क्षेत्र नम्बर २ को सभापतिमा आफूले उम्मेद्धारी दिएको जनाएका छन् । पार्टी भित्र भएका गुटउपगुटको अन्त्य गरी पार्टी संगठनलाई मजबुट र बलियो बनाउन तथा पार्टीमा युवा शक्तिलाई क्रियाशिल बनाउन उम्मेद्धारी घोषणा गरेको भुसालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै क्षेत्रिय सभापतिका लागि सबै गाविसमा मेरो अत्याधिक मत रहेकोले यस पटक कुनै पनि हालतमा क्षेत्रिय सभापति भएर छोड्ने विज्ञप्ती मार्फत भुसालले दावी समेत गरेका छन् । भुसाल विगत लामो समय देखि क्षेत्रिय कमिटीको विभिन्न पदमा रही हाल क्षेत्रिय सचिवको रुपमा सक्रियताका साथ काम गदै आएका छन् । उनी माघ १५ गते भएको लालमटिया ईकाइ कमिटीको १३ औँ अधिवेशनबाट सर्वसम्मत क्षेत्रिय प्रतिनिधिमा चयन भएका थिए ।