२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा किलोमिटरको आधारमा भाडादर निर्धारण, कहाँ जान कति ?

११ पुष २०७५, बुधबार ०३:२७

चिसाङ शेर्पा | पुष ११, खोटाङ | खोटाङमा सार्वजनिक सवारी साधनमा प्रति किलोमिटरको आधारमा भाडादर निर्धारण गरिएको छ । जिल्लाको कुनै पनि सडकहरु केन्द्रीय राजमार्गसँग नजोडिएको तथा यातायात व्यवस्था विभागबाट जिल्ला भित्र र वाहिरको भाडादर हालसम्म निर्धारण नभएको हुंदा प्रति किलोमिटर नयाँ भाडादर निर्धारण गरिएको हो ।

सोमबार जिल्लाका यातायात व्यवसायी, प्रशासन, प्रहरी, राजनीतिक दल, सरोकारवला लगायतको सर्वदलीय सर्वपक्षीय वैठकले यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ वमोजिम जिल्लाभित्र तथा जिल्ला वाहिर छुट्ने साथै जिल्ला वाहिरबाट जिल्लाभित्र प्रवेश गर्ने सवै प्रकारका सार्वजनिक सवारी साधनमा किलोमिटरको आधारमा भाडादर निर्धारण गरिएको मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले जानकारी दिए । प्रजिअले पत्रकारहरुलाई दिएको जानकारी अनुसार राजमार्गमा ठूला बसमा प्रतिकिलोमिटर ४ रुपैयाँ, कच्ची सडकमा ५० किलोमिटरसम्मको दुरीमा प्रतिकिलोमिटर ८ रुपैयाँ र ५० किलोमिटरभन्दा बढीको दुरीमा प्रतिकिलोमिटर ६ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । 

यसैगरी, जिप तथा अन्य साना सवारी साधनको हकमा राजमार्गमा प्रतिकिलोमिटर ५ रुपैयाँ, कच्ची सडकमा ५० किलोमिटरसम्मको दुरीमा प्रतिकिलोमिटर १०.५० पैसा र ५० किलोमिटर भन्दा बढीको दुरीमा प्रतिकिलोमिटर ८.५० पैसा निर्धारण गरिएको छ । निर्धारण गरिएको नयाँ भाडादर पुस १५ गतेबाट लागू हुनेछ । सर्वसाधरणबाट ट्राफिक प्रहरीको आचरण र व्यवहारमा समेत गुनासो आएकाले प्रहरी प्रमु्खले छड्के चेकजाँच गर्ने, सवारी चालक तथा सहचालकको आचरण तथा ट्राफिक नियम लगायतका विषयमा चालक तथा सहचालकलाई प्रहरीले प्रशिक्षण दिने, सवारी दर्ता तथा रुट इजाजतको कागजात सवारी साधनमा अनिवार्य रुपमा राख्ने र सात दिन भित्र एकएक प्रति सवारी कागजात स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालमा उपलब्ध गराउनुपर्ने, गाडी छुट्ने र पुग्ने समय तालिका तथा सुचनामुलक विवरण सहितको यात्रु वडापत्र टिकट काउण्टरमा राख्ने तथा टाइमिङ कार्डको अनिवार्य लागू गर्नुपर्ने र यात्रुबाट भाडा लिएपछि लामो तथा छोटो दुरीमा यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने लगायतको बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य