2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

इच्छुकस्मृति कृषि सहकारी संस्थाको अध्यक्षमा: सुवेदी

सन्तोषकुमार गुप्ता/माघ २७, भालुवाङ् । इच्छुकस्मृति कृषि सहकारी संस्था लालमटियाको मंगलबार लालमटियामा भएको सातौँ बार्षिक साधारणसभा तथा चौँथो अधिवेशनले भिमार्जुन सुवेदीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा जुम्मन मियाँ, सचिवमा तिलक अधिकारी, सह—सचिवमा सन्तोषकुमार गुप्ता, कोषाध्यक्षमा शारदा भुसाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा कमला मल्ल, बिषपुरा घर्ती, असोककुमार पोख्रेल र शोभाराम भुसाल रहेका छन् । सभाले कृष्णबहादुर गिरीको संयोजकत्वमा फर्णाधर सुवेदी र बिदुर एमसी सदस्य रहेको लेखा तथा सुपरिवेक्षण समिती समेत सर्व सम्मत चयन गरेको छ । सभाले संस्थाको सल्लाहकारमा जोहरमान मियाँ, भगवता न्यौपाने, बोमबहादुर थापा, ढुण्डीराज शर्मा र टेकबहादुर रावतलाई समेत सर्वसम्मत चयन गरेको छ ।

संस्थाका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् जिल्ला कृषि प्रसार अधिकृत महेश अधिकारीको प्रमुख आतिथ्य तथा लालमटिया गाविस सचिव हिरालाल भण्डारीको बिशिष्ट अतिथ्यमा भएको साधारणसभामा संस्थाले २०७२/०७३ मा किसानहरुलाई सहज, सरल तरिकाले प्रभावकारी सेवा प्रवाह गर्न तथा व्यवसायिक कृषि व्यवसाय गर्ने किसानहरुलाई आर्थिक रुपमा सवल बनाउन पाँच बुँदे कृषि लक्षित कार्यक्रम पारित गरेको छ ।

जस अन्र्तगत व्यवसायिक बचत तथा ऋण कार्यक्रम सञ्चालन गर्ने, किसानहरुको माग तथा समस्यालाई मध्यनजर गदै जिल्ला कृषि विकास कार्यालय दाङ्ग, जिल्ला कृषि अनुसन्धान परिषद्, इयुएसआईडी किसान परियोजना, लगायत सरकारी तथा गैरसरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहयोगमा धान, मकै, गँहु, तोरी, चना, राजमा, मसुरो आदि बीउ उत्पादन गरी बीउबिजन उत्पादनमा आत्मानिर्भर सहकारी बनाउने निर्णय गरेको छ ।

त्यस्तै लालमटिया गाविसका किसानहरुलाई लक्षित गरी सुपथ मूल्यमा मलखाद, बीउबिजन, बालीनालीमा लाग्ने रोग, किरा नियन्त्रणका लागि औँषधी, कृषि औजारहरु हलो, कुटो कोदालो बिक्री बितरण गर्न सस्तो कृषि पसल सञ्चालनलाई प्रभावकारी बनाउने, किसानहरुलाई विभिन्न बिषयमा व्यवसायिक तथा शिपमूलक तालिम सञ्चालन गर्ने र लालमटिया गाविसका ९ वटै वडामा रहेका किसानहरुलाई संगठित बनाउन सहकारी संस्था मातहतमा रहने गरी कृषि समूह गठन गरी व्यवसायिक कृषि तर्फ आकर्षित बनाई व्यवसायिक आत्मानिर्भर बनाउने लगायतका निर्णय गरेको छ ।

साधारणसभामा संस्थाका सचिव भिर्माजुन सुवेदीले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष शारादा भुसालले आर्थिक बर्ष २०७१/०७२ को २९ लाख ९७ हजार ९ सय ५० रुपैयाँ ७ पैसाको आय—व्यय तथा आर्थिक बर्ष २०७२/०७३ को ३५ लाख १८ हजार १ सय १६ रुपैयाँ ५७ पैसाको अनुमानित बजेट समेत प्रस्तुत गरेका थिए । संस्थाकी कार्य समिती सदस्य कमला मल्लको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी संस्थाका सात सिद्धान्तलाई आत्मासाथ गरेर अघि बढ्न सके मात्र संस्था सफल हुने बताएका थिए ।

उनीहरुले राजनितिक स्वार्थ त्यागेर सहकारी संस्थाको विकासमा लाग्न सुझाव समेत दिएका थिए । कार्यक्रममा मुक्त समाजका केन्द्रिय सदस्य टेकबहादुर रावत, लेखा समिती संयोजक कृष्णबहादुर गिरी, शेयर सदस्यहरु आत्माराम पोख्रेल, देबकला पोख्रेल, बोमबहादुर थापा, पत्रकारद्धय सन्तोषकुमार गुप्ता र बिदुर एमसी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव भिर्माजुन सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई