<p><b>पुस ११ अर्घाखाँची</b> ।अर्घाखाँचीको मालारानी गाउँपालिका वाड नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद भुसाल विनोद १० दिनदेखि सम्पर्कबिहीन भएका छन्।<br></p><p>पुस २ गते मालारानी २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाइकल मर्मत गर्ने भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कबिहीन भएका हुन्।</p><p>गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन सकेको छैन। खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।</p>
मालारानी गाउँपालिकाका वडा अध्यक्ष १० दिनदेखि वेपत्ता




