पढ्न करिब 1 मिनेट लाग्छ

पुष ११, वीरगन्ज । वीरगन्जमा नेविसंघका कार्यकताबीच खुकुरी हानाहान भएको छ।

नेविसंघको जिल्ला अधिवेशनको विषयमा विवाद हुँदा दुई गुटबीच खुकुरी हानाहान भएको हो। कांग्रेस पर्साको पार्टी कार्यालय परिसरमा भएको खुकुरी प्रहारबाट नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पसका इकाई उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन्।

घाइते अन्सारीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको इकाई अध्यक्ष मनोज साहले जानकारी दिए।

बुधबार साँझ पार्टी कार्यालयमा छलफल चलिरहेका बेला कार्यालय परिसरमा जम्मा भएका नेविसंघका कार्यकर्ताबीच विवाद हुँदा खुकुरी हानाहान भएको प्रत्यक्षदर्शीको भनाइ छ।