५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

शिक्षालय भित्र अनावश्यक राजनिति नगर्न बक्ताहरुको सुझाव,

१२ फाल्गुन २०७२, बुधबार १४:४२

सन्तोषकुमार गुप्ता/ फागुन १२, भालुवाङ्ग ।

शिक्षालयको २० औँ बार्षिक उत्सव सम्पन्न
राप्ती प्राविधिक शिक्षालय लालमटियाको २० औँ बार्षिक उत्सव एवम् शिक्षा तथा व्यवसाय तालिम परिषद्को २८ औँ बार्षिक उत्सव कार्यक्रम बुधबार लालमटियामा सम्पन्न भएको छ ।
dang 4
शिक्षालय प्रमुख राजेन्द्रप्रसाद चौधरीको अध्यक्षता एवम् शिक्षालय सञ्चालक समिती सदस्य तथा लालमटिया गाविसका पूर्व अध्यक्ष द्रोण भुसालको प्रमुख आतिथ्यमा भएको बार्षिक उत्सव समारोहमा शिक्षालय उप—प्रमुख मोतीलाल चौधरीले आर्थिक बर्ष २०७१÷ ०७२ को ५ करोड २९ लाख ११ हजार २६ रुपैयाँको आय—व्यय सहितको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा अहिले सम्म टिएसएलसी र डिप्लोमा गरी २ हजार ६ सय ४१ जना दक्ष जन शक्ति र ५ हजार २५ अर्ध दक्ष छोटो अवधिको जनशक्ति उत्पादन भई नेपाल सरकार तथा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा सेवारत रहको उल्लेख गरिएको छ । शिक्षालयले अहिले सम्म छोटो अबधिको तालिम लिई ठुला ठुला विकासका निर्माण योजनाहरु ठेक्का लिई एक जनाले सयौ मजदुरहरुलाई रोजगार दिन सफल भएको प्रस्तुत प्रतिवेदन जनाईएको छ ।

dang 5

शिक्षालयबाट अध्ययन गरेका ८० प्रतिशत विद्यार्थी रोजगार तथा स्वरोजगार गराउन सफल भएको र १० प्रतिशत उच्च शिक्षामा गएको प्रतिवेदनमा उल्लेख गरिएको छ । शिक्षालयले गुणस्तर सुधार योजना, पञ्चबर्षिय रणनितिक योजना र आयस्तर बृद्धि योजना बनाई गुणस्तर बृद्धि गर्न र रोजगार सिर्जनाका लागि बिषय संग सम्बन्धित सरोकारवाला सम्मिलित सल्लाहकार समिती समेत गठन समेत गरेको शिक्षालयले जनाएको छ । शिक्षालयले अगामी आर्थिक बर्षका लागि सिबिल ओभरसियर कार्यक्रम सञ्चालन गर्ने र शिक्षालयका २० बर्षे पुराना पूर्वधारहरु मर्मत गर्ने जनाएको छ । सिटिईभिटी कै आंगिक शिक्षालयहरु मध्ये राप्ती प्राविधिक शिक्षालय नमुना शिक्षालय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसै शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु शतप्रतिशत उत्तीर्ण गराउन सफल भएको र शैक्षिक सत्र २०७२ मा आइएससिएजी डिप्लोमा कृषि पशु बिज्ञान संकाय तर्फ बोर्ड फस्ट गराउन समेत सफल भएको शिक्षालयले जनाएको छ ।
dang 1

शिक्षालय उप—प्रमुख चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षा आर्जन गर्ने पबित्र स्थल शिक्षालयमा अनावश्यक राजनिति नगर्न सुझाव दिएका छन् । उनीहरुले शिक्षालय ज्ञान, सिप सिक्ने थलो हो, यसलाई कसैले पनि राजनितिक अड्डा बनाउन नहुने बताएका थिए । उनीहरले शिक्षालय जस्तो संस्थाको बार्षिक उत्सव कार्यक्रम सञ्चालनमा मर्यादा क्रम नमिलाएको भन्दै बक्ताहरुले आक्रोश व्यक्त गरेका थिए ।

बार्षिक उत्सव कार्यक्रममा नेपाली काँग्रेसका लालमटिया ईकाई सभापति दुर्योधन पाण्डे, नेकपा एमाले लालमटिया गाउँ कमिटीका पूर्व अध्यक्ष किरण भण्डारी, एनेकपा माओवादी लालमटिया गाउँ पार्टी उपाध्यक्ष नारायण शर्मा, लालमटिया गाविस सचिव दामोदर पोख्रेल, नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसाल, राप्ती उद्योग बाणिज्य संघका सचिव प्रेमबहादुर केसी, समाजसेवी युबराज न्यौपाने, पत्रकारद्धय सन्तोषकुमार गुप्ता र बिदुर एमसी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा बार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद तथा प्रतियोगितात्मक कार्यक्रमका बिजय प्रतियोगी तथा शिक्षालयका विभिन्न ट्रेडमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई पुरुस्कार समेत बितरण गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत देखाएका थिए । कार्यक्रमको सञ्चालन शिक्षालयका स्वास्थ्य विभागका सहायक प्रशिक्षक माधव पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप